मनोरञ्जन

तेस्री पत्नीसंग मस्त सञ्जय

तेस्री पत्नीसंग मस्त सञ्जय

बलिउड स्टार सञ्जय दत्त यस्ता पात्र हुन, जो कुनै न कुनै विवादमा फसिरहन्छन् । उनी चर्चामा नआएको समय नै हुन्न । तिनै सञ्जय दत्तकी तेस्री पत्नी मान्यता दत्तले सपरिवारको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । जुन फोटोमा सञ्जय, पत्नी मान्यता, उनीहरुका दुई साना लालाबाला इकरा र शाहरान छन् ।

सञ्जय र मान्यताको सम्बन्ध हार्दिक रहेको सिने क्षेत्रका पण्डितहरु बताउँछन् ।  मान्यताले सामाजिक सञ्जालमा व्यक्त गर्ने सकारात्मक धारणाले यसको पुष्टि गर्छ । सञ्जय र मान्यताको सन् २००८ विवाह भएको थियो ।

यति लामो अवधि वैवाहिक सम्बन्ध सम्भवत सञ्जयका लागि पहिलो अनुभव हो । कामना गरौं अब चौथी पत्नीको समाचार लेख्न नपरोस् ।  

सञ्जय  मान्यता