समाचार अर्थ बैंकिङ

विदेशबाट फर्केका १८ हजारले सहुलियत ऋण मागे, पाए ५० जनाले 

विदेशबाट फर्केका १८ हजारले सहुलियत ऋण मागे, पाए ५० जनाले 

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत ऋण दिने कार्यक्रम कार्यन्वयनमै नआयई अलपत्र पर्ने सम्भावना बढेको छ । 

वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्केका युवालाई सहुलियत ऋण उपलब्ध गराउने भन्दै पाँच महिनाअघिदेखि लगत संकलन गरेको थियो । 
अहिलेसम्म  ५० जनाले मात्र बैंक वित्तीय संस्थाबाट ऋण पाएका हुन् वा व्यक्तिगत पहल प्रभावकारी भएको हो, यकिन छैन । 

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले सहुलियत ऋणका लागि आवदेन दिएका सबै युवाले बैंकबाट सहजै ऋण पाउने व्यवस्था मिलाउन बोर्डले सक्दो पहल र समन्वय गरिरहेको बताए । उनले अहिलेसम्म ५० जनाले मात्रै ऋण पाएको जानकारी गराए । ‘बोर्डले सहुलियत ऋण माग गर्ने सबैलाई त्यस्तो सुविधा प्राप्त होस् भनेर अर्थ  मन्त्रालयदेखि राष्ट्र बैंक गुहार्नेसम्मको काम गरिरहेको छ ।’ उनले भने, ‘तै पनि अहिलेसम्म सोचेजस्तो नतिजा आउन सकेको छैन ।’
नागरिक दैनिकबाट