स्वास्थ्य

गंगालालको प्रमुखमा लिम्बु नियुक्त

गंगालालको प्रमुखमा लिम्बु नियुक्त


काठमाडौँ । डा. युवराज लिम्बू शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निमित्त कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । निर्देशक डा ज्योतिन्द्र शर्माको कार्यकाल सकिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. लिम्बूलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।


डा. शर्माको ४ वर्षको कार्यकाल आइतबार सकिए पछि स्वास्थ्य मन्त्री यादवले लिम्बूलाई अस्पतालको निमित्त प्रमूखको जिम्मेवारी दिएका हुन् ।
मुटुरोग विशेषज्ञ डा लिम्बू २०५९ सालदेखि गंगालाल अस्पतालमा कार्यरत छन् ।