खेल

रोजर्स कपको उपाधि नाडाललाई 

रोजर्स कपको उपाधि नाडाललाई 


काठमाडौँ । स्पेनका राफायल नाडालले रोजर्स कप टेनिसको उपाधि जितेका छन् । आइतबार राति क्यानडाको मोन्टरियलमा भएको फाइनलमा रुसका डानिल मेड्भेदेबलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् ।


विश्व नम्बर एक नाडालले १ घण्टा १० मिनेटसम्म चलेको खेलमा मेड्भेदेबलाई ६–३ र ६–० को सेटमा पराजित गरे । योसँगै नाडालले पाँचौं पटक रोजर्स कपको उपाधि हात पारेका छन् भने यो उनको ३५ औं मास्टर्स उपाधि पनि हो