राजनीति

‘मिस नेपाल अर्थ’ प्रिया साझा पार्टीमा प्रवेश

‘मिस नेपाल अर्थ’ प्रिया साझा पार्टीमा प्रवेश

काठमाडौं । मिस नेपाल अर्थ–२०१८ को ताज जितेकी प्रिया सिग्देल साझा पार्टीमा प्रवेश गरेकी छन् । साझा पार्टीले उनलाई केन्द्रीय सदस्यको रुपमा मनोनयन गरेको हो । २४ वर्षीया सिग्देलले ‘डेभलपमेन्ट स्टडिज’मा स्नातक गरेकी छन् । मिस नेपाल अर्थ बनेपछि राजनीतिमा नै सक्रिय भएर सामाजिक परिवर्तनमा लाग्ने सोच भएको उनले प्रतिक्रिया दिएकी छन् ।

 

साझा पार्टीले उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको कुरा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी गराएका हुन् । प्रियालाई पार्टीमा सामेल गराउन पाएकोमा उनले खुसी व्यक्त गरेका छन् । सिग्देलले एक गैरसरकारी संस्था सञ्चालन पनि गर्दैआएकी छन् । युवा तथा महिला नेतृत्व लगायत विषयमा उनले विभिन्न देशमा नेपालको तर्फबाट प्रस्तुती समेत दिइसकेकी छन् । अन्नपूर्ण पोस्ट् दैनिकबाट 

मिस नेपाल अर्थ प्रिया सिग्देल  साझा पार्टी