विदेश

हङकङमा अन्तर्राष्ट्रिय विमानस्थल ठप्प

हङकङमा अन्तर्राष्ट्रिय विमानस्थल ठप्प


एजेन्सी । हङकङमा सरकारविरोधी प्रदर्शन कायम रहेपछि हङ्‍कङ अन्तर्राष्ट्रिय विमानस्थलले त्यहाँबाट प्रस्थान गर्ने उडानहरू स्थगित गरेको छ। सोमवार हङ्‍कङ विमानस्थल प्राधिकरणले एक विज्ञप्ति जारी गरेर उडान प्रक्रिया शुरू नभएका सबै उडानहरू स्थगित गरेको बताएको छ।

नागरिकहरूलाई विमानस्थल नआउन भन्दै आगमनको क्रममा रहेका विमानहरूलाई भने आउन दिने विमानस्थलका अधिकारीहरुले जनाएका छन् । संसारको व्यस्त विमानस्थलमध्ये एक रहेको हङकङको विमानस्थलमा हजारौँ प्रदर्शनकारी जम्मा भएका छन्।