समाचार विदेश

भारतको विशाखापट्नम तटरक्षक जहाजमा विष्फोट

भारतको विशाखापट्नम तटरक्षक जहाजमा विष्फोट


एजेन्सी । भारतको आन्द्र प्रदेशस्थित विशाखापट्नममा तटरक्षक जहाज जगुआरमा विष्फोट भएको छ । विष्फोटपछि जहाजमा जहाजमा आगो लागेको छ । आगो लागेसँगै  २९ जना चालक दलका सदस्यहरुले ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए। जसमध्ये २८ जनाको उद्दार गरिएको छ भने बाँकी एक जना बेपत्ता रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

 

बेपत्ताको खोजी कार्य जारी रहेको छ। जहाजमा आगो लाग्नुको कारण थाहा हुन सकेको छैन।

 

भारतीय तटरक्षक बलका अनुसार सोमबार बिहान करिब साढे ११ बजे जहाजमा विस्फोट भएको र त्यसपछि आगो लागेर धुवाँको मुस्लो निस्कीएको थियो। त्यसपछि ज्यान जोगाउन चालक दलका सदस्यले पानीमा हाम फालेका थिए।