मनोरञ्जन

सुन्दरी सांसदको हनिमून (फोटोफिचर)

सुन्दरी सांसदको हनिमून (फोटोफिचर)

बंगाली एक्ट्रेस तथा अल इण्डिया त्रिणमूल कांग्रेस (टीएमसी) सांसद नुसरत जहाँले लगनगाँठो कसेकी छन् । राजनीति तथा कला दुवै क्षेत्रकी सेलिब्रेटी भएका कारण उनको विवाहले विशेष चर्चा पाएको छ । मुस्लिम समुदायकी नुसरतले हिन्दु समुदायका निखिल जैनसंग विवाह गरेकी हुन् ।

उनीहरुको विवाह टर्कीको ईस्तानबुलमा भएको थियो । विवाहपछि उनीहरुले कोलकात्तामा विशाल भोज दिएका थिए । हिन्दु तथा मुस्लिम दुवै धार्मिक परम्परा अनुसार उनको वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । यो हो उनको विवाहको समाचार । तर उनी अहिले हनिमूनका तस्वीर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा चर्चाको शिखरमा छन् ।

विवाहलगत्तै हनिमूनका लागि मरिसस गएका नुसरत जोडीले त्यहाँ खिचिएका तस्वीर पोष्ट गरेका छन् ।  पोष्ट गरिएका मध्येको एउटा तस्वीरमा नुसरत सम्पूर्ण श्रृंगार गरिएकी भारतीय हिन्दु महिलाको भेषभुषामा छन् । यो तस्वीर धेरैले रुचाएका छन् ।

उनले आफूलाई विशेष बनाइदिएकोमा पति निखिलप्रति हार्दिक आभार प्रकट गरेकी छन् । फोटो सार्वजनिक भएपछि टीएमसीकै सांसद मिमी चक्रवर्तीले नुसरतलाई सामाजिक सञ्जालमा सोधेका छन्– ‘हनिमून कस्तो रह्यो ?’ नुसरत भन्छिन– ‘हनि र मून दुबै उत्कृष्ट छ ।’


 

हनि र मून सुन्दरी सांसद