विदेश

रुसमा रकेट परीक्षणका क्रममा विस्फोट, पाँच वैज्ञानिक मारिए

रुसमा रकेट परीक्षणका क्रममा विस्फोट, पाँच वैज्ञानिक मारिए

रूसको न्योनोस्कामा रकेट परीक्षणका क्रममा विस्फोट हुँदा पाँच जनाको ज्यान गएको छ। घटनामा ९ जना घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मारिएका सबै व्यक्ति परमाणु वैज्ञानिक थिए। दुर्घटना बिहीबार भएको थियो। यसपछि न्योनोस्काबाट ४७ किमी दूरमा रहेको सेवेरोद्विन्स्क शहरका अधिकारी सामान्य भन्दा २० गुणा बढी रेडियसन उत्पन्न हुने चेतावनी दिएका थिए।

त्यसको ४० मिनेटपछि स्थिति सामान्य भएको बताइएको थियो। यद्यपि शुक्रबार पनि ससाना विस्फोट हुँदा ९ जना घाइते भएका छन्। चिकित्सक टिमले केमिकल र न्यूक्लियर प्रोटेक्सन सुट लगाएर सबै घाइतलाई परीक्षण क्षेत्रबाट बाहिर निकालेका थिए।

रेडिएशनबाट मानिसहरूमा डरको स्थिति

रूसको न्यूक्लियर कम्पनी रोसातोमका अनुसार घटनामा रकेटको लिक्विड प्रोपेलेंट इन्जिनको परीक्षणका क्रममा भएको हो। वैज्ञानिक आइसोटोपका माध्यमबाट प्रपुल्शन सिस्टमलाई सञ्चालन गर्ने प्रयास गरिरहेका थिए। सोही क्रममा विस्फोट भएको बताइएको छ।

दुर्घटनाको दुई दिनपछि पनि स्थिति सामान्य हुन सकेको छैन। परीक्षण क्षेत्र नजिकै रहेको आर्खनगेल्सक और सेवेरोद्विन्स्क शहरमा रेडिएशनलाई लिएर मानिसहरूमा डर फैलिएको छ। मेडिकल स्टोर्समा आयोडिन लिनका लागि मानिसहरूको भीड लागेको छ।

यो हप्ताको दोस्रो ठूलो घटना

रूसमा यो हप्ता दुईवटा ठूला घटना घटेका छन्। यो भन्दा पहिला सोमबार साइबरियास्थित हतियार गोदाममा आगो लागेको थियो। यस घटनामा एक जनाको मृत्यु भएको थियो। अन्य ८ जना गम्भीर घाइते भएका थिए। यहाँ सरकारले तुरुन्तै रेस्कयु अप्रेसशन गरेर ९ हजार ५०० व्यक्तिलाई खतराबाट बाहिर निकालेको थियो।