मनोरञ्जन

कटरिनाका १४ वर्ष पुराना तस्वीर 'भाइरल'

कटरिनाका १४ वर्ष पुराना तस्वीर 'भाइरल'

बलिउड अभिनेत्री कटरिना क्याफ कुनै न कुनै कारणले समाचारमा छाइरहन्छिन्। केही समयपहिला उनको बोल्ड बिकिनी तस्वीर खुबै भाइरल भए। अहिले भने उनको १४ वर्ष पुराना तस्वीरहरू भाइरल भइरहेका छन्।

उनका यी तस्वीर उनका एक फ्यान क्लबले ट्विटमा शेयर गरेका हुन्। खास कुरा त के भने यो फोटो उनको कुनै फिल्म सेटको बताइएको छ। यो फोटो बलिउडको फिल्मको नभई कुनै तेलुगू फिल्मको हो। यो फोटोमा उनका फ्यानहरूले विभिन्न प्रकारका प्रतिक्रिया दिएका छन्। यसै क्रममा उनको १४ वर्ष पुरानो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको हो।

यो तस्विर सन् २००५ मा लिइएको बताइएको छ। यो तस्वीर २००५ को तेलुगू फिल्म अल्लरी पेलुगू सेटको बताइएको छ। यस फोटोमा उनीसँगै अरू दुई महिला पनि देखिएका छन्। तस्वीरमा कटरिना निकै फरक र योङ देखिएकी छन्।

कटरिना क्याफ