विदेश

अमेरिकामा भारी वर्षा, व्हाइट हाउस पनि डुब्यो

अमेरिकामा भारी वर्षा, व्हाइट हाउस पनि डुब्यो

काठमाडौं : अमेरिकाको राजधानी वाशिंटनसहित भर्जिनिया र कोलबियामा सोमबार राति परेको भारी वर्षाले बाढी आएको छ। यहाँ एक घण्टाभित्र ३.३ इन्च वर्षा भएको छ। यहाँ सडक नहरमा परिवर्तन भएका छन्।

व्हाइट हाउसको बेसमेन्टमा जहाँ पत्रकारलाई बस्नका लागि व्यवस्था गरिएको छ ती कोठामा पनि पानी भरिएको छ। मौसम विभागले मेट्रो क्षेत्रमा बाढी आपातकाल घोषित गरिएको छ।

आँधीकf कारण इअरपोर्टमा पनि क्षति पुगेको छ। स्थानीय मिडियाका अनुसार युएस नेशनल रेल-रोड प्यासेन्जर कर्पोरेशनले खराब मौसमका कारण दक्षिण वाशिंटनमा ट्रेनसेवा लगायत यातायात सेवा रद्द गरेको छ। यो कहिलेसम्म हुने छ स्पष्ट पारिएको छैन। बाढीका कारण भएका कुनै अप्रिय घटनाका समाचार भने आएका छैनन्।

यहाँका कतिपय पार्क तथा केही क्षेत्र बाढीका कारण बन्द गरिएको छ। मौसम विभागका अनुसार वर्षाका कारण साना नाला, शहरी क्षेत्र राजमार्ग सडक र अन्डरपासका साथै अन्य जल निकासका क्षेत्रमा बाढी जस्तो अवस्था आएको छ। आगामी दुईतीन दिनसम्म तीव्र हुरीका साथै वर्षा हुने सम्भावना रहेको छ।

अमेरिका