मनोरञ्जन

गायिका पूर्णकला विसीको 'विछोडको घाउ' भिडियो

गायिका पूर्णकला विसीको 'विछोडको घाउ' भिडियो

काठमाडौं : प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा गायक वीरेन्द्र एचवि र गायिका पूर्णकला विसीको आवाजमा मार्मिक लोकदोहोरी गीत 'विछोडको घाउ'को भिडियो सार्वजनिक भएको छ।

प्रेमी छोडिदिँदा मनमा पीडा हुने र आफ्नो विगतको मायाले सताउने गरेको कुरा गायिकाले व्यक्त गरेकी छन्। विछोडको घाउले अहिलेसम्म पोलिरहेको गायकले बताएका छन्।

हरिष विसीको शब्द तथा वीरेन्द्र एचविको लय सिर्जनामा निकै मार्मिक रुपमा गीत तयार गरिएको छ। मुकेश हुमागाईँको छायांकन, राजेश कुमारको सम्पादन तथा वविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ। 'विछोडको घाउ' गीतको भिडियोमा साया भण्डारी र आसिर प्रतापको अभिनय रहेको छ।

">

पूर्णकला विसी