खेल

सागरको घातक बलिङ, हङकङले खाता नखोल्दै गुमायो २ विकेट (LIVE )

सागरको घातक बलिङ, हङकङले खाता नखोल्दै गुमायो २ विकेट (LIVE )

काठमाडौं ।  मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको कङकङ विरुद्धको फाइनल खेलमा नेपालले उत्कृष्ट शुरुवात गरेको छ । हङकङले खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाइसकेको छ । कङकङका दुवै विकेट नेपालका स्पिनर सागर ढकालले आउट गरेका हुन् । उनले पहिलो ओभरको चौथो बलमा र तेस्रो ओभरको दोस्रो बलमा विकेट लिन सफल भए । फाइनल खेलमा नेपालले टस जितेर बलिङ रोजेको हो । 

 


यी दुई टिमबीचको खेल मलेसियाको किनरारा ओभल मैदानमा भइरहेको हो । श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपको एउटा स्थानका लागि नेपाल र हङकङबीचको विजेताले ठाउँ पाउने छ । नेपाली टिमले फाइनलका लागि सेमिफाइनलकै टिम मैदान उतारेको छ । मंगलबार पनि विशालविक्रम केसी, प्रतिस जीसी र लोकेश बमलाई विश्राम दिइएको छ । यस्तै कमलसिंह ऐरी र रसिद खान पनि खेल्दैछन् । आज नेपाली प्लेइङ–११ मा को–कोले पाए मौका?

रोहित कुमार पौडेल (कप्तान), पवन सर्राफ, हरि बहादुर चौहान, खडक बोहरा, कुशल मल्ल, रित गौतम, भिम सार्की, सागर ढकाल, कमल सिंह ऐरी, रशिद खान र तिलक राज भण्डारी

">