स्वास्थ्य

यसरी कम गर्न सकिन्छ विषादीको असर

यसरी कम गर्न सकिन्छ विषादीको असर

काठमाडौं । कस्तो तरकारी किन्नुहुन्छ? टलक्क टल्किने र ताजा देखिने तरकारी सबैको रोजाइमा पर्छ । तर यस्तै तरकारीमै विषादीको मात्रा बढी हुन सक्ने विज्ञहरूको भनाइ छ । बरु अलिअलि किरा लागेको, मध्यम आकारको, बांगोटिंगो, सामान्य चमक भएको तरकारीमा कम विषादी हुन सक्छ । बेमौसमीको दाँजोमा मौसमी तरकारी र फलफूलमा विषादी कम हुन्छ ।

नेपाल कृषि अनुसन्धान परिषद्, बागवानी अनुसन्धान महाशाखाका प्रमुख ईश्वरीप्रसाद गौतमका अनुसार बेमौसमी तरकारी फलफूलमा धेरै किरा लाग्ने भएकाले किसानले अत्यधिक विषादी हालेका हुन्छन् । ‘तरकारी किनेर ल्याएपछि १–२ दिन फ्रिज वा चिसो ठाउँमा राखेपछि उपयोग गर्नु राम्रो हुन्छ । बेमौसमी कृषि उत्पादन सम्भव भए नखाऔं, खानै परे नुनपानीमा आधा घण्टा डुबाएपछि सफा पानीमा पखालेर खाऔं,’ उनले भने, ‘नुनपानीको घोलले धेरैजसो विष सोस्छ ।’

विषादी, रासायनिक मल आदिको अनियमित, अनियन्त्रित र अवैज्ञानिक उपयोगबाट उमारिएका सागसब्जीको दीर्घकालीन उपयोगले क्यान्सरलगायत विभिन्न नसर्ने रोग लाग्छन् । शरीरको रोग प्रतिरोधक क्षमता प्रभावित गराउँछन् । पालक, गोलभेंडा, बैगुन, भेडे खुर्सानी, काउली, बन्दा, लौका, सागलगायत तरकारीमा विषादी बढी हुन सक्छन् । बेमौसमी तरकारीमा रोग, किरा बढी लाग्ने भएकाले किसानले धेरै मात्रामा विषादी छर्ने गरेको पाइएको छ । ‘बजारमा राखिएको गोलभेंडा बाहिर सेतोसेतो दाग देखियो भने त्यो एक–दुई दिनअघि विषादी हालेर बेच्न ल्याइएको बुझ्नुपर्छ । सीमापारिबाट आएको भन्टालाई टल्किने र लामो समयसम्म ताजा राख्न विषादीको झोलमा डुबाइएको हुन्छ,’ विज्ञ भन्छन्, ‘यस्ता भन्टा नखानु नै राम्रो ।’ रायोलगायतका सागमा पनि डाएथेन–४५ फंगिसाइडको झोल हालिएको हुन्छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

विषादी
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।