खेल

विश्वकप सेमिफाइनलः आज भारत र न्यूजिल्याण्ड खेल्दै, सम्भावित प्लेइङ–११

विश्वकप सेमिफाइनलः आज भारत र न्यूजिल्याण्ड खेल्दै, सम्भावित प्लेइङ–११

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल अन्तर्गत  मंगलबार भारत र न्यूजिल्याण्ड भिड्दै छन् । यी दुई टिमबीचको सेमिफाइनल खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि म्यानचेस्टरमा सुरु हुँदैछ । वान डे क्रिकेटको सम्पूर्ण रेकर्ड हेर्ने हो भने भारत बलियो देखिन्छ ।

 

हालसम्म भारत–न्यूजिल्याण्डबीच १०६ खेल भएका छन् । जसमा ५५ खेलमा भारत र ४५ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । पाँच खेलको नतिजा भने आएन । यी दुई टिम २००३ को विश्वकपपछि पहिलो पटक भिड्दै छन् । जारी विश्वकपमा भारतले ९ खेलमा जीत हासिल गरेको छ । उसले एक खेलमा हार बेहोर्दा एक खेल वर्षाकाकारण अंक बाँडेको थियो ।

 

यता न्यूजिल्याण्डले ९ खेलमा ५ खेलमा विजयी हात पारेको छ । तीन खेलमा भने उसले पराजय भोग्यो । न्यूजिल्याण्डले भारतविरुद्धको खेलमा पानी पर्दा अंक बाँडेको थियो । यस्तो हुनसक्छ पहिलो सेमिफाइनलमा भारत र न्यूजिल्याण्डको सम्भावित प्लेइङ–११

 

भारतको सम्भावित प्लेइङ–११ः रोहित शर्मा, लोकेश राहुल, विराट कोहली (कप्तान), ऋषभ पन्त, दिनेश कार्तिक, हार्दिकपाण्ड्या, महेन्द्रसिंह धोनी, रविद्र जडेजा, मोहम्मद शामी, युजवेन्द्र चहल र जसप्रित बुमराह ।

 

न्यूजिल्याण्डको सम्भावित प्लेइङ–११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियम्सन (कप्तान), रस टेलर, कोलिन डी ग्राण्डहोम, टम लाथम, लकी फर्गुसन, जेम्स नीशम, ट्रेन्ट बोल्ट, मिशेल सान्टनर र ईश सोधी।

भारत भर्सेस न्यूजिल्याण्ड विश्वकप क्रिकेट
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।