खेल

२११ रनमा पानी पर्यो, क्रिकेट प्रेमी निराश

२११ रनमा पानी पर्यो, क्रिकेट प्रेमी निराश

पूर्व अनुमान जस्तै भारत र न्युजिल्याण्डबीचको खेलमा वर्षा बाधक भएको छ । इङल्याण्डमा जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा वर्षा बाधक बन्दा खेल पूरा नहुने चिन्ता छाएको छ । 


म्यानचेष्टरमा भैरहेको खेलमा टस जितेर न्युजिल्याण्डले ब्याटिङ रोजेको थियो । निकै सुस्त ब्याटिङ थालेको न्युजिल्याण्डले ४६ दशमलव १ ओभरको खेलसक्दा पानी परेको छ । सो अवस्थामा न्युजिल्याण्डले ५ विकेट गुमाएर २११ रन बनाएको छ । 


न्युजिल्याण्डका लागि कप्तान विलिम्सन ६७ रन बनाएर आउट भएका छन । खेल रोकिदासम्म रोज टेलर ६७ रनमा नटआउट छन् । भारतका मुख्य पाँचै बलरले एक–एक विकेट लिएका छन् । बुमराह, हार्दिक पाण्डे, चहल, जडेजा र भुवनेश्वर कुमार सबैले एक–एक विकेट लिएका हुन् ।