राजनीति

राष्ट्रिय गौरवका आयोजना समयअगावै सम्पन्न हुन्छन्ः मन्त्री महासेठ

राष्ट्रिय गौरवका आयोजना समयअगावै सम्पन्न हुन्छन्ः मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजनालाई लक्ष्यभन्दा एक वर्षअघि निर्माण सम्पन्न गरिसक्ने दाबी गरेका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री महासेठले यस्तो दाबी गरेका हुन् । 


हुलाकी राजमार्गको एक हजार ७९२ किलोमिटरमध्ये धेरै काम अगाडि बढिसकेको भन्दै उनले थपे, ‘अब सय किलोमिटरको‘ ‘टेन्डर’ गर्न मात्र बाँकी छ, भदौभित्र यो प्रक्रिया सकिन्छ, २१९ पुलमध्ये ८० वटा पुल सम्पन्न भइसकेको छ भने ८० वटा सम्पन्न हुने क्रममा छ ।’ त्यसैगरी, उनले मध्यपहाडी राजमार्ग निर्माणको प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाएको पनि स्पष्ट पारे । उक्त राजमार्गको ४६४ किलोमिटर कालोपत्रे भइसकेको, ५४२ किलोमिटर निर्माणका क्रममा भएको र बाँकी काम पनि अगाडि बढिरहेको चर्चा गर्दै भने, ‘मध्यपहाडी लोकमार्ग पनि लक्ष्यभन्दा एक वर्ष अगाडि सम्पन्न गर्छौं ।’ उनले अबको एक वर्षभित्रमा नयाँ काठमाडौं बन्ने प्रतिबद्धता व्यक्त गरे ।’ 
 

रघुवीर महासेठ