यौन-शिक्षा मुख्य समाचार स्वास्थ्य

योनी कसिलो बनाउने तरिका : ‘किलर्स एक्सरसाइज’

योनी कसिलो बनाउने तरिका : ‘किलर्स एक्सरसाइज’

धेरै मानिसको बुझाइ र अनुभव छ खुकुलो भन्दा कसिलो योनीमा यौन आनन्द बढी हुन्छ । अनुभव आ–आफनो भएपनि यौन भनेको मानसिक कुरा पनि भएकाले योनी खुकुलो वा कसिलो हुनुको खासै महत्व रहँदैन । 


तर, धेरैजसो पुरुषहरुले खुकुलो भन्दा कसिलो योनी मन पराएको पाइएको छ । यसमा स्पर्श वा भनौ घर्षण बढी सहज हुने भएकाले कसिलो योनीप्रति बढी रुची राखेको पाइन्छ । 


धेरै युवाहरुको जिज्ञासा भनेको योनी किन खुकुलो हुन्छ ? के कारणले खुकुलो हुन्छ अनि कसरी यसलाई कसिलो बनाउन सकिन्छ ? भन्ने हुन्छ । 
तपाईहरु दुईजना जो यौनसम्पर्कमा सहभागि हुनुहुन्छ तपाईहरु कत्तिको सहज तरिकाले यौन क्रियाकलापमा सहभागि हुनुहुन्छ भन्ने कुराले धेरै प्रभाव पार्छ । यौन सम्पर्कको बेलामा योनीका मांशपेशीहरु संकुचन गर्ने अथवा फुक्ने कुराहरु चाँहि तपाईको यौन उत्तेजना कुन अवस्थामा आउँछ त्यसले प्रभाव पार्ने कुरा हो ।


अर्को कारण भनेको कहिले काँही योनीको वरिपरीको मांसपेशीहरु खुकुलो भएको पनि हुन सक्छ  । त्यस्तो बेलामा तपाईले किलर्स एक्सरसाइज गर्नसक्नुहुन्छ ।  पिसाब फेर्ने बेलामा कोहि मान्छेले देख्यो भने जसरी हामीले पिसाब रोक्छौ त्यसरी नै यौनीको किलर्स एक्सरसाइज गर्नुपर्छ ।


किलर्स एक्सरसाइज भन्नाले जसरी पिसाब रोक्नुभयो त्यसरी नै तर पिसाब गर्ने बेलामा होइन कि बिहान दिउसो बेलुकामा बेलबिग्रोहको मसल्सलाई च्याप्म च्याप्प पारेर रोक्ने । एकपटक च्याम्प पारेर एकदेखि दश सम्म गन्ने अनि छोड्ने फेरी गर्ने अनि छोड्ने गर्नुपर्छ ।


यो कार्य बिहान दिउँसो बेलुका गरेर दश प्रन्ध पटक नै गर्नुभयो भने यौनी कसिलो हुनसक्छ । तपाईको यौनी खुकुलो नभईकन पनि श्रीमानले खुकुलो भएको भनेर तपाईलाई नराम्रो व्यवहार गर्नुभएको छ कि ? यदि यस्तो हो भने तपाई यौन सम्पर्कको बेलामा पूर्णतया तयारी भएर यौनसम्पर्क गर्नुभयो भने त्यो समस्या हट्नसक्छ ।