भिडियो Breaking News स्वास्थ्य समाज अर्थ कभर स्टोरी

फिर्ता लिने भए चेकजाँचको नाटक किन ? (भिडियोसहित)

फिर्ता लिने भए चेकजाँचको नाटक किन ? (भिडियोसहित)


सरकारले भारत लगायत तेस्रो मुलुकबाट आयात गरिने फलफूल तथा तरकारीको विषादी परीक्षण  गर्ने निर्णय फिर्ता लिएपछि चौतर्फी वहस सुरु भएको छ । निर्णय फिर्ता लिनु नै छ भने चेकजाँचको नाटक किन ? प्रधानमन्त्री केपी ओलीले पूर्वाधार विकास नभएसम्म ६ महिनाका लागि चेकजाँच नगर्ने भनेका रहेछन् । गुणस्तर परीक्षण गर्ने पूर्वाधार र उपकरण नै छैन भने के गर्न विषादी परीक्षणको निर्णय भयो ? 


एकपछि अर्को गर्दै आफना निर्णयबाट पछि हट्दै गएको सरकार कतिसम्म अपरिपक्व र कमजोर छ भन्ने कुरा यो निर्णयबाट पनि स्पष्ट हुन्छ । अझ बाह्य दवावमा विषादी मिसिएका फलफूल र तरकारी निर्वाधरुपमा भित्र्याउन प्रधानमन्त्री आफैं सक्रिय हुनु कतिसम्मको लाजमर्दो कुरा हो ? एउटा जिम्मेवार प्रधानमन्त्री र राज्यको दायित्व यस्तै हुन्छ ?


उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्छन्, ‘यहाँ राज्यले नै आफना जनतालाई विष खान बाध्य पारिरहेको छ । यो केवल तरकारी र फलफूलको कुरा मात्र होइन, समग्र उपभोक्ताको अधिकारको विषय हो । अहिले बस्तु र सेवासँग जोडिएका विषयमा उपभोक्तामाथि लुट मच्चाइएको छ ।

">

उपभोक्ता दिन दुईगुना र रात चौगुना लुटिरहेका छन् । उनीहरुलाई सुरक्षा दिने, भरोसा दिने काम राज्यको हो । तर, यो सरकार त पूरै गैरजिम्मेवार भएर निस्कियो । दुई तिहाईको बलियो सरकारले विकास र समृद्धि देला भनेको त ठीक उल्टा काम गर्न थाल्यो । यो सरकार माफियाको पूर्णः प्रभावमा छ । माफियाले चलाएको छ भन्दा फरक पर्दैन ।’


सरकारले विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिनु गलत हो । हो, विषादी परीक्षण गर्ने उपकरण र व्यवस्थापन नेपालसंग छैन, तर बाह्य दवावका अघि जसरी सरकार झुक्यो, यसले नै सरकार आफना जनताप्रति संवेदनशिल छैन भन्ने देखाउँछ । 


हरेक ठाउँमा उपभोक्ता लुटिएका छन् । विद्यालय, अस्पताल, सार्वजनिक यातायात, सरकारी निजी संघसंस्था, होटल, पसल, पानी...जताततै उपभोक्ता ठगिएका छन् । सरकारले यस्तो ठगी अन्त्य गर्न प्रयाससमेत गरेको देखिदैन । प्रधानमन्त्री, सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी नै विचौलिया र माफियाको प्रभावमा परेका छन् । यो नै नै समस्या समाधान नहुनुको प्रमुख कारण हो ।

">
अध्यक्ष तिमल्सिना भन्छन्, ‘अब सरकारको विश्वास छैन । उपभोक्ता आफै जागरुक हुनुपर्छ । अब हामीले विदेशबाट आयातीत यस्ता विषादी मिसिएका सामग्री वहिष्कार गर्नुपर्छ । गाउँ टोलका सबै उपभोक्त एकबद्ध भइ बहिष्कार गर्नुको विकल्प छैन । यस्तै, बाह्य सामग्रीको आयात बन्द गर्न लगाई स्वदेशमै कृत्रिम अभाव गरी लुटन पल्केका व्यापारीहरुलाई पनि पाठ सिकाउन जरुरी छ । कृत्रिम अभाव देखाएरै खसीको मासु प्रति केजी २ सय रुपैयाँ बढाइसके । गोलभेंडा, परवर जस्ता तरकारीमा पनि त्यही हो । हामीले ४ महिना खसीको मासु नखाने हो भने यो बिचौलिया टाट पल्टिने स्थिति आउँछ । यसकारण विदेशी आयातीत सामग्रीको वहिष्कारसँगै स्वदेशमै चलखेल गरिने खाद्यान्न पनि बहिष्कार गर्नुपर्छ । ’


जहाँसम्म सरकारलाई जिम्मेवार बनाउने कुरा छ, त्यो त स्थानीय तहदेखि केन्द्रसम्मकै सरकारलाई घेर्नुपर्छ । पहिला त सिंहदरवार मात्र थियो । अब त स्थानीयतहै पिच्छै दरवार । प्रदेशैपिच्छे दरवार । यी सबै दरवार घेरेर शासकहरुलाई उपभोक्ताप्रति जिम्मेवार हुने स्थिति उत्पन्न गराउनुपर्छ । 


सरकारले पनि अब सातवटै प्रदेशमा उपभोक्ता आयोग गठन गर्नुपर्छ । उपभोक्ता अदालत गठन गर्नुपनि अपरिहार्य भैसक्यो । सरकारले अनुगमनका लागि विशेष संयन्त्र गठन गरेर उपभोक्तालाई ठग्ने, उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड गर्नेहरुलाई कडा कारवाही गर्न सक्नुपर्छ । 

">

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।