मनोरञ्जन

आइफा अवार्ड आयोजना गर्ने मुलुकले यस्तो लाभ लिन सक्छ 

आइफा अवार्ड आयोजना गर्ने मुलुकले यस्तो लाभ लिन सक्छ 

काठमाडौं ।  नेपालमा आयोजना गर्ने भनिएको आइफा अवार्ड हाललाई स्थगित भइसकेको छ । तर यो अवार्ड जुन सहरमा हुन्छ त्यो सरहले केही फाइदा भने पाउने गर्छन् । 

 

आइफा अवार्ड आयोजना गर्ने सहले करिब २ सय मिलियन अमेरिकी डलर (एक मिलियिनमा १० लाख हुन्छ ) बराबरको मिडिया क्याम्पेयन पाउँछ । जसले ३५ देखि ५० प्रतिशतसम्म पर्यटक आगमनमा वृद्धि हुन्छ । 

 

अन्य प्रकारका लगानी पनि बढ्ने गर्छ । आयोजना गर्ने मुुलुक र भारतीय फिल्म उत्पादकहरुबीच सम्बन्ध स्थापित हुने गर्छ । जसका कारण संयुक्त लगानीमा फिल्म निर्माणमा सघाउ पुग्छ । भारतीय पर्यटकहरुको वृद्धिका कारण आयोजक मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने गर्छ । 

 

अवार्डको आयोजना गर्दा तत्काल गरिने ३५ मिलियन अमेरिक डलरले अर्थतन्त्रलाई सूचारु गर्छ । विशेषत होटल, खुद्रा पसलहरु, यातायात आदि क्षेत्रमा प्रभाव पर्छ ।

 

धेरै मुलुक र सहरहरु सधै आइफा अवार्ड आयोजना गर्न इच्छुक हुन्छन् । १९ वर्ष यता १४ वटा सहर, १२ फरक मुलुक र ४ महादेशमा आइफा अवार्ड भएको छ । नेपालमा पनि आइफा अवार्डका लागि करिब तीन अर्ब ६० करोड रुपैयाँ खर्च गर्ने योजना थियो ।

 

आइफा अवार्ड हुँदा कुलमा १८ अर्ब खर्च हुन्छ । धेरै जसो मुलुकहरु आइफा अवार्डका लागि सधै इच्छुक भइरहेका हुन्छन् । ती मुलुकहरुले अवार्डका लागि पूरा खर्च व्यहोर्छन । यो आयोजना नेपालमा भएको भए सीधै ३ अर्ब नेपाल भित्रिने थियो । नेपालले आइफाका लागि गर्ने भनेको खर्च पनि मुलुकबाहिर भने जाने विषय थिएन । त्यो भन्दा महत्वपूर्ण काठमाडौं विश्वको घुम्न लायकको सहर हो भन्ने सन्देश पनि विश्वभर फैलिन्थ्यो । 

 

के हो आइफा ?
द इन्टरनेशनल इण्डियन एकेडेमी फिल्म अवार्डस आइफा अवार्डको सुरुवात सन् २००० मा भएको थियो । हरेक वर्ष यो अवार्ड भिन्न भिन्न देशमा आयोजना गर्ने गरिएको छ । पहिलो आइफा अवार्ड लण्डनमा भएको थियो । त्यसपछि यसका संस्करणहरु साउथ अफ्रिका, मलेशिया, सिंगापुर, नेदरल्याण्ड, मकाउ, थाइल्याण्ड, दुबई, क्यानडा, श्रीलंका, सिंगापुर, स्पेनमा भैसकेका छन् ।

 

आइफाको गतवर्षको संस्करण थाइल्याण्डमा भएको थियो । आइफा अवार्ड बिजक्राफ्ट इन्टरनेशनले आयोजना गर्ने गरेको छ । चर्चित अभिनेता अभिताभ बच्चन आइफा अवार्डको ब्राण्ड एम्बेसडर छन् । 

 

लगानी : नाफा र घाटा  विश्लेषण
लगानीेले जहिले पनि नाफाघाटाको विश्लेषण गर्छ । लगानी नै नभईकन लाभ लिन सकिन्नँ । नाफा भए लगानीकर्तादेखि सबैलाई सन्तुष्टि दिन्छ घाटा भए कुना कुनाको कमजोरी खोतलिन्छ । विश्वका अति विकसित देखि नेपालजस्ता विकासोन्मुख मुुलुकमा पनि आइफा अवार्ड भैसकेको छ । अति विकसित मुलुकमा लगानी विश्लेषण भन्दा हामीजस्ता मुलुकका लागि भने यो एकदमै चासोको विषय बन्छ ।

 

लगानीका कतिपय पक्ष सकारात्मक पनि हुने गरेका छने जस्तो कि आइफा अवार्डको ११ औं संस्करण श्रीलंकामा भएको थियो । ७० वर्षे राजनीतिक द्धन्दको सन् २००६ मा अन्त्यसँगै विदेशी पर्यटकलाई श्रीलंका भ्रमणयोग्य स्थान हो है भन्ने देखाउनका लागि आइफा अवार्डका लागि श्रीलंकन सरकारले १ बिलियन रकम खर्च गर्यो । तर आइफा अवार्ड आयोजनापश्चाद श्रीलंकामा भारतीय मल्टिप्लेक्स सिनेमाहलहरु खोलिएका थिए ।

 

यसका लागि भारतीयले नै लगानी गरेका थिए । भारतीय पर्यटकको उपस्थिति उल्लेख्य रुपमा बढेको त्यहाँको समाचारपत्रले जनाएको छ । तीन दिने अवार्डका दौरान ५ देखि ६ हजार होटेल रुम प्रयोग गरिए । बलिउड सेलिब्रेटीले क्यासिनो, पार्टी, शपिङमा लाखौँ खर्च गरेका थिए । साथै १२० देशका ६०० मिलियनले अवार्ड एकसाथ हेरेका थिए । यसले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको त्यहाँका मिडियाको विश्लेषण छ ।