ओटोमोबाइल

जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारमा

जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारमा

काठमाडौं । दुई पांग्रेका साथै ठूला गाडीका लागि आवश्यक जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारमा भित्रिएका छन् । एसडीआई अटोमोबाइल्स प्रालिले रिटेलर भेलाका साथ जेके फेनरका अटोमोटिभ पार्ट्स नेपाली बजारका लागि सार्वजनिक गरेको छ ।

जेके ग्रुपले जेके टायरदेखि जेके पेपर, जेके सिमेन्ट, ट्रान्समिसन, बेल्टदेखि आयलसिल प्रोडक्ट उत्पादन गर्दै आएको छ । कम्पनीले होसेज, ड्याम्पर रबर आदि टु ह्विलर र फोर ह्विलरका लागि थप उत्पादन उपलब्ध गराउँदै आएको छ ।

६ महिना पहिले देखि नेपालका लागि एसडीआई अटोमोबाइल्सले जेके फेनरको आधिकारिक विक्रेताको रुपमा कार्य गरिरहेको बताएको छ । टु ह्विलर, थ्री ह्विलर, फोर ह्विलर र ट्रक बस सेगमेन्टका सबै सवारी साधनमा यी उत्पादन प्रयोग गर्न सकिन्छ । स्कुटरदेखि ट्रक, टिपर, डोजर, लोडर सम्म सबै सवारी साधनमा जेके फेनरका उत्पादन प्रयोग गर्न सकिने एसडीआई अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रले बताए ।

सो अवसरमा जेके फेनर र यसका उत्पादनका वारेमा आवश्यक जानकारी समेत प्रदान गरिएको थियो । नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दीपक खड्का, संस्थापक अध्यक्ष महेश बज्राचार्यका साथै जेके फेनरका सिईओ मनिषकुमार सिन्हा लगायतको उपस्थिति थियो ।

सो अवसरमा उपत्यका र काभ्रे जिल्लाका विभिन्न स्थानमा कार्यरत अटो मेकानिक्स, अटो पार्ट्स व्यवसायीको उल्लेख्य सहभागिता रहेको थियो ।

जेके फेनर इन्डिया लिमिटेड जेके अर्गनाइजेसनको सदस्य हो । यो विगत एक सय वर्षदेखि भारतको मूख्य औद्योगिक घरानाका रुपमा लोकप्रिय छ । मेकानिकल पावर ट्रान्समिसन र सिलिङ सोलुसनका लागि फेनर लोकप्रिय छ । विशेष गरी बेल्ट, आयल सिल किट आदि धेरै मात्रामा प्रयोगमा आएको पाइन्छ । रबर कम्पोनेन्ट र विशेष गरी बेल्ट, आयल सिल, होसेज आदिका लागि यो कम्पनी लोकप्रिय छ ।

अटोपार्टस जेके फेनर
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।