विदेश

ट्युनिशियामा आप्रावासीले भरिएको डुंगा पल्टियो, ८० बढीको मृत्युको आशंका

ट्युनिशियामा आप्रावासीले भरिएको डुंगा पल्टियो, ८० बढीको मृत्युको आशंका

ट्युनिशियाको समुद्री क्षेत्रमा बुधबार राति आप्रावासीले भरिएको डुंगा पल्टिँदा ८० बढीको मृत्यु भएको छ। संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसीआर)ले घटनामा बाँचेका मानिसहरूको भनाइ उद्दृत् गर्दै उक्त कुराको जानाकारी दिएको हो।

घटनापछि माझीहरूले चार जनालाई बचाएको र एक पछि मृत्यु भएको युएनएचसीआरले जनाएको छ। युएनएचआरका अनुसार आप्रावाशीले भरिएको उक्त डुंगा भूमध्य सागर पार गरेर इटाली तर्फ जाँदै थियो।

दुर्घटनाबाट बाँचेका ३ मध्ये २ जनालाई सेल्टर राखिएको छ र उनीहरूसँग उक्त घटनाका बारेमा सोधपुछ गरिरहेको अधिकारीहरूले जनाएका छन्। एक जनालाई अस्पतालमा भर्ना गरिएको छ।

ट्युनिशिया