विदेश विचित्र विश्व

पर्यटकले कमल फूल चोरेपछि इको पार्क बन्द

पर्यटकले कमल फूल चोरेपछि इको पार्क बन्द

कमलको फूलको सुन्दरताले परिचत चीनको इको पार्क बन्द गरिएको छ। पर्यटकले फूल चोरी गरेपछि पार्क बन्द गरिएको हो। स्थानीय अधिकारीका अनुसार दैनिक २००/३०० पर्यटकले पार्कको जाली तोडेर फूल चोरेर यसको सुन्दरतामा नोक्सानी गरेका छन्। यही कारणले पार्क वर्षभरका लागि बन्द गरिएको छ।

चीनको सिचुआन प्रान्तमा बनेको इको पार्क ६२ एकडमा फैलिएको छ। यहाँ मे महिना देखि फूल फूल्न सुरु गर्छन् र यसको सुन्दरतामा रमाउन देश विदेशबाट पर्यटक यहाँ पुग्छन्। यो पार्क मुख्य रुपमा कमलको फूलका लागि प्रख्यात छ।

पार्कका स्टाफ झोउका अनुसार पार्कको गेट र विभिन्न स्थानमा फूल नतोड्न भन्ने सूचना टाँसिएको छ। यसको सुरक्षाका लागि गार्ड पनि परिचालन गरिएको छ। यद्यपि आफूहरूले पर्यटकलाई पूर्ण रूपमा नियन्त्रण गर्न नसक्ने उनले बताए।

पार्का अधिकारहरूका अनुसार पार्कको पुनर्निर्माणका लागि मार्चमा पार्क बन्द गरिएको थियो। पार्कको पुनर्निर्माण सकिए पनि पर्यटकका लागि पार्क खोलिएको छैन। पर्यटक जबरजस्ती पार्कमा छिरेर फूल चोरेर लिएर जान थालेकाले पार्क नखोलिएको अधिकारी बताउँछन्। पहिला सुरक्षागार्ड बढाउने त्यसपछि मात्रै पार्क खोलिने अधिकारीहरूले बताएका छन्।

फूल तोड्दै गरेका पर्यटकको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्। यहाँसम्मकी मानिसहरू पार्कको किनारमा बनेको जालीबाट पार्क भित्र छिर्ने कोशिर गरिरहेका देखिन्छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्ता व्यक्तिलाई जरिवाना गर्न सुझाएका छन्।

 

इको पार्क