खेल

वेष्टइण्डिजद्वारा अफगानिस्तानसामु ३१२ रनको लक्ष्य प्रस्तुत, ३ जनाको अर्धशतक

वेष्टइण्डिजद्वारा अफगानिस्तानसामु ३१२ रनको लक्ष्य प्रस्तुत, ३ जनाको अर्धशतक

विश्वकप क्रिकेटमा वेष्टइण्डिजले अफगानिस्तानसामु ३ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ । इङल्याण्डको लिड्समा जारी खेलमा वेष्टइण्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । 


वेष्टइण्डिजले निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३११ रन बनायो । उसका लागि लेविसले ५८, होपले ७७ र पुरनले ५८ रन बनाए । 


अफगानिस्तानका दवलत जदरानले २ तथा सिरजाह, नैब र नाबी र रसिद खानले समान एक–एक विकेट लिए ।  सेमिफाइनल दौडबाट बाहिरिसकेका दुवै टोली सान्त्वना जितको खोजिमा छन् ।