विदेश

लिबियामा हवाइ आक्रमण, ४० आप्रवासी मारिए

लिबियामा हवाइ आक्रमण, ४० आप्रवासी मारिए


काठमाडौँ । कर्णेल मुहम्मर गद्याफीको अवसानसँगै हिंसाको मार खेपिरहेको लिबियामा भएको हवाइ आक्रमणका क्रममा कम्तीमा ४० जना आप्रवासी मारिएका छन् ।  

 

राजधानी त्रिपोलीको पूर्वी भाग तजौरा सुबर्बमा आप्रवासीहरुको हिरासत केन्द्रमा आक्रमण भएको थियो । आक्रमणमा अन्य ८० जना घाइते भएको जनाइएको छ । 


मारिनेमा सबै अफ्रिकन आप्रवासीहरु छन् । आप्रवासीहरु लिबिया हुँदै युरोप जाने तर्खरमा थिए ।