खेल

एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट : ५ ओभरमैँ नेपाल विजयी 

एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट : ५ ओभरमैँ नेपाल विजयी 


काठमाडौँ । मलेशियामा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटको शानदार जित निकालेको छ । किन्नरा ओभल मैदानमा भएको प्रतियोगितामा नवप्रवेशी र कमजोर राष्ट्र चीनलाई पराजित गरेको हो । टस जितेर बलिङको निर्णय गरेको नेपालसामु चिनले २३.१ ओभर खेल्दै ५४ रनको सामान्य लक्ष्य पेश गरेको थियो । 

 

चीनका दुई प्रारम्भिक ब्याट्सम्यानहरू गुहाओ गाओ र लियाङ चेनले समान १३ रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालको तर्फबाट सागर ढकालले ६ विकेट लिए । उनले ९.१ ओभरमा १९ मात्रै खर्चिए । त्यस्तै तिलक राजभण्डारीले तीन विकेट लिए र कमलसिंह ऐरीले एक विकेट लिए ।


५४ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको नेपालका लागि पवन सरार्फको विस्फोटक ब्याटिङ गरे । सरार्फले २१ बलमा ६ चौका र ३ छक्काको मदतले ४६ रन बनाए । अर्का ओपनर रित गौतम १० रनमा अविजित रहे ।नेपालले अब अर्को खेल शुक्रवार सिङ्गापुरसँग खेल्नेछ ।

प्रतियोगिताको विजयी टोली सेप्टेम्बरमा हुने यूथ एसिया कपमा छनौट हुनेछ ।