स्वास्थ्य

लाइसेन्स परीक्षामा ६५ प्रतिशत नर्स फेल

लाइसेन्स परीक्षामा ६५ प्रतिशत नर्स फेल

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत नर्स फेल भएपछि पढाइको गुणस्तरमा प्रश्न उठेको छ । यस वर्षको परीक्षामा १५ सय १९ जना परीक्षार्थी सहभागी भएकोमा ५ सय २६ जना मात्र उत्तीर्ण भएपछि सरोकारवालाले गुणस्तरको प्रश्न उठाएका हुन् । 


‘नर्सिङ जनशक्तिको गुणस्तर सुधार्न मापदण्ड नपुगेका कलेजलाई बिस्तारै बन्द गर्नुपर्छ,’ काउन्सिलकी अध्यक्ष प्रा.डा. गोमादेवी निरौलाले भनिन्, ‘कलेजले नर्सिङलाई कमाइ खाने भाँडो मात्र बनाएका छन्, यति धेरै कलेज चाहिँदैनन् ।’ नयाँ चिकित्सा शिक्षा ऐनअनुसार कलेजको आफनै अस्पताल हुनुपर्छ । सरकारी अस्पताल देखाएर नर्सिङ कलेज चलाउन पाइँदैन । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

लाइसेन्स नेपाल नर्सिङ काउन्सिल
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।