अर्थ

सुनको मुल्य बढ्यो, तोलाको ६५ हजार ४ सय

सुनको मुल्य बढ्यो, तोलाको ६५ हजार ४ सय


काठमाडौँ । सुनको मुल्य बुधबार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेर ६५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

मंगलबार सुनको मूल्य ६५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।


तेजाबी सुन प्रतितोला ६५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।