विदेश

राहुल गान्धीले दिए राजीनामा

राहुल गान्धीले दिए राजीनामा


नयाँ दिल्ली । भारतको राजनीतिक दल काङ्ग्रेसमा जारी नेतृत्व सङ्कट कायमै रहँदा राहुल गान्धीले अब आफू पार्टी अध्यक्ष पदमा नरहेको घोषणा गरेका छन् । लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी आफूले लिने बताएका छन् । राजीनामासँगै राहुलले एक ट्विट गर्दै अरुलाई जवाफदेही बनाउन पहिले आफू जवाफदेही हुनुुपर्ने बताएका छन् । 


बुधबार मिडियाको प्रश्नमा उनले अब पार्टी अध्यक्ष को होला भन्ने कुराको फैसला काङ्ग्रेस वर्किङ कमिटी (सीडब्ल्यूसी)ले गर्ने पनि बताए । 

 

यस पटकको लोकसभा निर्वाचनमा पार्टीले नराम्रो हार बेहोरेपछि राहुलले काङ्ग्रेस अध्यक्ष पदबाट राजिनामा दिँदै अब गान्धी परिवारभन्दा बाहिरबाट कसैलाई अध्यक्ष बनाउनुपर्छ भनेका थिए ।