खेल

कमल थापा दोस्रो खेलमा पनि विजयी

कमल थापा दोस्रो खेलमा पनि विजयी


काठमाडौँ । भुटानको थिम्पुमा मंगलबारदेखि सुरु भएको ५ औं भारत–भुटान मैत्री टेनिस प्रतियोगिताको ४५ं भेट्रान समूहमा राप्रपा अध्यक्ष कमल थापा दोस्रो खेलमा पनि विजयी भएका छन् ।

अध्यक्ष थापाले दोस्रो खेलमा भुटानका यसे जामत्सोलाई सोझो सेटमा ६–१ र ६–१ मा पराजित गरे । यस अघि थापाले मंगलबार पहिलो राउण्डमा भुटानका टासी दोर्जेलाई ७-५ र ७-६ मा पराजित गरेका थिए ।


आजै भएका खेलमा मेन्स सिंगल्सको दोस्रो राउण्डमा नेपालका एवन लिसानेविचले भुटानका टेन्डिङलाई ६-२ र ६-२ मा पराजित गरे । ४५ं भेट्रान्समा भुटानका वीरेन बस्नेतले नेपालका चाम्बा धोण्डुपलाइ पराजित गरे । 

 

त्यस्तै ४५ं भेट्रान्स मा नेपालका प्रताप मोक्तान भारतका देवनम लामाद्वारा ७-६,६-२ मा पराजित गरे । 

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका ७२ खेलाडीहरु सहभागी छन् । प्रतियोगितामा मेन्स सिंगल्स, लेडिज सिंगल्स,४५ंसमुहको भेट्रान्स सिंगल्सका खेलहरु समावेश छन् ।