विदेश

अफगानिस्तानमा बारुदी सुरुङ विष्फोट, ३४ जनाको मृत्यु

अफगानिस्तानमा बारुदी सुरुङ विष्फोट, ३४ जनाको मृत्यु


काबुल । अफगानिस्तानमा गुडिरहेको बसमाथि सडकमा विछ्याइएको बारुदी सुरुङ विष्फोट हुँदा ३४ जनाको ज्यान गएको छ ।

अफगानिस्तानको हेरात र कन्दाहार राज्यलाई जोड्ने अफगानिस्तानको राष्ट्रिय राजमार्गको सडकखण्डमा विछ्याइएको बारुदी सुरुङमा यात्रुवाहक बस विष्फोटमा परेको हो ।

विष्फोटमा मारिने सबै सर्वसाधारण छन् । वारुदी सुरुङ अफगानिस्तानको इस्लामिक लडाकु समूह तालिबानले विछ्याएको हुनसक्ने अनुमान गरिएको छ ।