अर्थ शेयर

नेप्सेमा बुधबार पनि सुधार, कारोबार भएका सबै समूहमा उल्लेख्य वृद्धि

नेप्सेमा बुधबार पनि सुधार, कारोबार भएका सबै समूहमा उल्लेख्य वृद्धि


काठमाडौँ । नेप्से परिसुचक बुधबार १५ दशमलव ६२ अंकले बढेको छ । मंगलबार ११ अंकले बढेको नेप्से बुधबार पनि बढेको हो । मंगलबार १२ सय ५३ दशमलव ८६ अंकमा रहेको नेप्से बुधबार बढेर १ हजार २ सय ६८ दशमलव ६९ अंकमा पुगेको छ ।

 

नेप्सेमा आज कारोबार भएका सबै समूहमा उल्लेख्य वृद्धि भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बुधबार नेपाल बैक लिमिटेडको सबैभन्दा उच्च कारोवार भयो ।


त्यस्तै सेञ्चुरी बैंक , मेगा बैंक हुँदै चौथो धेरै कारोवार हुनेमा प्रभु बैंक बन्यो । कारोवार भएकामध्ये सबैभन्दा धेरै राष्ट्रिय विमा कम्पनीको शेयर मुल्य प्रतिशेयर ४ सय ४९ रुपैयाले बढेको छ ।