समाचार

काठमाडौंको कलंकीमा गोली चल्यो

काठमाडौंको कलंकीमा गोली चल्यो

काठमाडौं : काठमाडौंको कलंकीस्थित एक घरमा सोमबार राति गोली प्रहार भएको छ। काठमाडौंको कलंकीमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा सोमबार राति गोली प्रहार भएको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले गोली प्रहार भएको पुष्टि गरेका छन्। उनका अनुसार तीन तले घरको तेस्रो तलामा गोली प्रहार भएको भएको हो। उनले उक्त घटनाको अनुसन्धान गरिरहेका बताए।

गोली किन र कसले चलायो भन्ने बारेमा खुलेको छैन। घटनास्थलबाट एक राउण्ड सानो गोली बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली हान्नेको खोजी भइरहेको जनाएको छ।

गोली प्रहार