भिडियो

भक्तपुरको जुजुधौ : खान पुग्दा देखिएको दृश्य ( भिडियाेसहित )

भक्तपुरको जुजुधौ : खान पुग्दा देखिएको दृश्य ( भिडियाेसहित )

हरि न्यौपाने 
काठमाडौँ । कुरा शुक्रबारको हो । हामी भक्तपुर पुगेका थियौँ । व्याँसीस्थित आर एस जुजु धौ मा बाइक रोक्यौँ । भक्तपुर दहीका लागि यसै पनि चर्चित जिल्ला हो । भक्तपुरका बनेको जुजुधौ आफैँमा ब्राण्ड बनिसकेको अवस्थामा हामीले जुजुधौ नचाखिरहने कुरै भएन ।

 

सहकर्मी राजु सुबेदी र म आरएस जुजुधौमा पुगेर जुजुधौ खान अर्डर गर्यौँ । जुजुधौको टेस्ट फरक थियो निकै मीठो पनि । हामीलाई अब यसको बनाउने विधिबारे कौतुहलता जाग्यो । डेरी सञ्चालिका रीना सुवाल आफैँले जुजुधौ बनाउने रहिछिन् । हामीले सोध्यौँ–‘ कसरी बन्छ जुजुधौ ? ’ निकै हार्दिकताका साथ उनले जुजुधौ बनाउने तरिका, विधि र स्थानबारे जानकारी दिइन् । हेर्नुहोस् भिडियो : 

 

">

ADVERTISEMENT