अर्थ

एक वर्षमा १३ खर्ब २१ अर्ब व्यापार घाटा

एक वर्षमा १३ खर्ब २१ अर्ब व्यापार घाटा

काठमाडौं । मुलुकको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। यो गत वर्षको बजेटभन्दा ६ अर्ब रुपैयाँले बढी हो। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५–७६ मा व्यापार घाटा १३.५५ प्रतिशतले बढेको छ। 

आर्थिक वर्ष २०७४–७५ मा व्यापार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ थियो। २०७५–७६ मा मुलदुकको कुल व्यापारको आकार १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ पुगेको थियो। जसमध्ये १४ खर्ब १८ अर्ब ५३ करोडको आयात भयो भने ९७ अर्ब १० करोड रुपैयाँको मात्र निर्यात भएको छ।

आयात व्यापार १३.९३ र निर्यात व्यापार १९.३६ प्रतिशतले बढेको विभागले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

व्यापार घाटा भन्सार विभाग