समाचार प्रदेश ४

कार्यालय प्रमुखसहित ४ जना घुससहित पक्राउ

कार्यालय प्रमुखसहित ४ जना घुससहित पक्राउ


म्याग्दी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख सहित ४ जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

पेश्की फछ्र्यौट गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख ३० हजार घुस लिनेलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख एवं जनस्वास्थ्य निरीक्षक भीम प्रसाद आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैसी छन् ।