खेल

शीर्ष वरियतामा ११ औँ स्थानको नेपाल पराजित भएपछि पारस र सन्दीपको यस्तो प्रतिक्रिया

शीर्ष वरियतामा ११ औँ स्थानको नेपाल पराजित भएपछि पारस र सन्दीपको यस्तो प्रतिक्रिया


काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले आफूहरुले राम्रो खेल्न नसकेकाले पराजित हुनुपरेको प्रतिक्रिया दिएका छन् । सिंगापुरको राम्रो ब्याटिङ्गका कारण आफूहरु पराजित भएको उनले बताए । 


टवान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एशियाली क्षेत्रको छनौट अन्तर्गत आइतबार सिंगापुरमा भएको खेलमा
सिंगापुरसँग ८२ रनले पराजित भएसँगै शीर्ष वरियताको ११ औँ स्थानमा रहेका नेपाल १६ राष्ट्र खेल्ने सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने मौकाबाट चुकेको छ ।

खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान पारस खड्काले भने – ‘‘सिङ्गापुरले राम्रो खेल्यो। मैदान ब्याटिङको लागि राम्रो थियो र हामीले जित्न सक्थ्यौँ तर हामीले राम्रो ब्याटिङ गर्न सकेनौँ।’’

यस्तै नेपाली टोलीका स्टार खेलाडी सन्दीप लामिछानेले खेलपछि सिंगापुरसँगको नतिजा निकै निराशाजनक रहेको बताए । सिंगापुरले निकै राम्रो खेलेको र आफूहरुले बलिङ्ग, ब्याटिङ्ग तथा फिल्डिङ्गमा उसलाई भेट्टाउन नसकेको सन्दीपको भनाई छ ।