खेल

फाइनलमा पराजित नेपाल कसरी तेस्रो ?

फाइनलमा पराजित नेपाल कसरी तेस्रो ?


काठमाडौँ । सिंगापुरमा रहेको नेपाली क्रिकेट टोलीले गलामा भिरिसकेको दोस्रो स्थानको मेडल फिर्ता गर्नुपरेको छ । ग्लोबल छनौटमा पर्न नसकेर हारको पीडामा रहेको नेपाली क्रिकेट टोली फाइनलमा पराजित भएपनि तेस्रो स्थानमा पुग्नुपरेको छ ।

आयोजकले फाइनलमा पराजित नेपाली क्रिकेट टोलीलाई सुरुमा उपविजेता घोषणा गरी मेडल दिएपनि पछि खोसेको छ । सबै खेलाडिलाई लगाइदिइसकेको मेडल खोसेर आयोजकले पछि कतारलाई उपविजेता घोषणा गर्यो । समान ४–४ अंक भएपनि कतार रन रेटका आधारमा अगाडि रहेकाले नेपाल तेस्रो भएको घोषणा गरिएको हो ।

प्रतियोगिताको उपविजेता कतार रहेपनि सुरुमा हतार गरेर नेपाली खेलाडिलाई मेडल लगाएर फिर्ता गरिएको थियो ।