विचार प्रवास

व्यवसाय गर्ने भए यी राज्य सर्नुस

व्यवसाय गर्ने भए यी राज्य सर्नुस

बर्षौंदेखि अमेरिकामा बसेर हाड घोटिरहनुभएको छ ? दिनरात एक गर्दा पनि उन्नति र समृद्धिसंग तपाईंको भेटघाट हुन सकेको छैन ? आर्थिक दुरावस्थाले पारिवारिक तनाव बढ्दै गएको हुनसक्छ । भनिन्छ नि– जहाँ अभाव, त्यहाँ तनाव । चिन्ता नगर्नुस् यदि तपाईंसंग लगानीका लागि न्यूनतम पूँजी, इच्छाशक्ति र जाँगर छ भने अब दुखका दिन सकिए । अमेरिकामा लगानीका लागि उपयुक्त राज्यका विषयमा यहाँ जानकारी दिइनेछ । नियम, कानुन, सामाजिक सुरक्षा विभिन्न कारणले व्यवसायमाथि प्रभाव जमाएको हुन्छ । सबै ठाउँमा सबै खाले मिलेको सतप्रतिशत वातावरण कतै हुन्न । तर व्यवसायको मूलभूत प्रकृति के भने लगानी गरेपछि मुनाफा निश्चित हुनुपर्छ । 

इकोनोमिक पत्रिका फोब्र्सका अनुसार अमेरिकामा यो बर्षका लागि व्यवसाय गर्न उत्तम र राम्रा मानिएका राज्यहरुको मापन गरिएको छ । उक्त पत्रिकाले आफ्नो अध्ययन मापनमा विविध आधारलाई विशेष प्राथमिकता सहित उल्लेख गरेको छ । यही आधारको औसतलाई व्यावसायिक उत्तम राज्यहरुको रुपमा उल्लेख गरिएको छ । व्यावसायिक खर्च, ओभरहेड, कामदार उपलब्धता एवं आपूर्ति, वातावरणीय नीति नियम, आर्थिक उतारचढाव, उत्पादन विक्रीको सम्भाव्यता, गुणस्तरीय जीवन र उक्त राज्यहरुको बनावट र बसाइलाई मुख्य आधार मानिएको छ यस अध्ययनमा । र्याकिङमा आर्थिक वृद्धि दर, व्यावसायिक खर्च र उक्त राज्यहरुको स्थानीय अवस्थालाई मुख्य प्राथमिकतामा राखिएको छ । 

यस अध्ययनमा व्यावसायिक उत्तम राज्यहरुको क्रमवद्ध वर्णन गरिएको छ । यसबाट सन २०१९ मा व्यवसायमा इच्छा गर्ने, व्यवसाय सञ्चालनका लागि उपयुक्त राज्यहरुको खोजीमा रहेका थुप्रै नेपाली दाजुभाइ, दिदीबहिनीहरुका लागि केही हदसम्म जानकारी हुने विश्वास छ । लगानीका लागि उर्वर मानिएका राज्य यसप्रकार छन् । 

१० नर्थक्यारोलिना, २० उटाहा, ३० टेक्सास, ४० भर्जिनिया, ५० नेब्रास्का, ६० जर्जिया, ७० फ्लोरिडा, ८० कोलोराडो, ९० वाशिङ्गटन, १०० मिनेस्टोटा, ११० इन्डियाना, १२० टेनेसी छन् । यसैगरी १३० आइओवा, १४०९ आइडाहो, १५० साउथ क्यारोलिना, १६० साउथ ढाकोटा, १७० एरिजोना, १८० मिजौरी, १९० म्यासाच्युसेट्स, २०० ओहायो छन् । एक्काइसौ नम्बरमा नेभाडा र व्यवसायका लागि खराब राज्यहरु मध्ये ४९ औ नम्बरमा वेस्ट भर्जिनिया र ५० औ मा अलास्का रहेका छन ।

उक्त अध्ययनको मापनको क्रममा जस्तै पहिलो नर्थक्यारोलिनाको बिजिनेस खर्चको र्याङ्क २ छ भने लेबर सप्लाइ ११ तहमा, रेगुलारिटी इनभारोमेन्टमा ८ औ, इकोनोमिक क्लाइमेटमा १२ औ, ग्रोथ प्रस्पेक्टमा १० औ र क्वालिटी अफ लाइफमा १२ औ नम्बरमा रहेको छ भने २० औ नम्बरमा रहेको ओहायोको बिजिनेस खर्चको र्याङ्क १६ छ भने लेबर सप्लाइ ४३ तहमा, रेगुलारिटी इनभारोमेन्टमा १३ औ, इकोनोमिक क्लाइमेटमा १८औ, ग्रोथ प्रस्पेक्टमा ४० औ र क्वालिटी अफ लाइफमा २ नम्बरमा रहेको छ ।

अध्ययनका यी सबै समाविष्ट विषयबस्तुहरुको विभिन्न राज्यहरुको अवस्था अध्ययन गरी नम्बरिङ्गहरुलाई औसतमा राखी राम्रा राज्यहरुको बर्गीकरण गरिएको छ ।आजको यस लेख बिट मार्नु पूर्व एउटा कुरा चाहीँ के हेक्का राखौं भने श्रम गर्दैमा, हार्डवर्किङ्ग गर्दैमा, व्यवसायको नेचर अनुसार निम्नतम पूँजी हुँदैमा, व्यवसायको काम अनुसार अनुभव हुँदैमा व्यवसायले मुनाफा दिने, व्यवसाय सफल हुने वा लगानी चाँडो फिर्ता हुने चाहीँ हुनै सक्दैन ।

यसका लागि माथि उल्लेख गरिए झै व्यवसायको लोकेशन, राज्य, त्यहाँको हावापानी, लेबर, नीति, कर, व्यावसायिक उत्पादन र प्रवद्र्धनको सम्भावना, बसाई, त्यहाँ रहेका मानिस र उनीहरुको खर्च गर्ने आदत र कमाइको औकातले पनि व्यवसायमा  प्रत्यक्ष प्रभाव पर्छ । त्यसका लागि इच्छा शक्ति, न्यूनतम स्रोत, अनुभवका साथमा लोकेशन र राज्यको व्यावसायिक एवं आर्थिक अवस्था निर्णायक हुन्छ । 
 

अमेरिका न्यूनतम पूँजी