मनोरञ्जन

विदेशमा विन्दास नेपाली सेलिब्रेटी (फोटोफिचर)

विदेशमा विन्दास नेपाली सेलिब्रेटी (फोटोफिचर)

नेपाली सेलिब्रेटी देश छोडेपछि उपद्रैसंग खुलेका तस्वीर सार्वजनिक भएका छन् । संयोग हो या नियति अघिल्ली मिस नेपाल श्रृंखला खतिवडा, नायिका साम्राज्ञी शाह, दीपिका प्रसाईं र गरिमा पन्तका फोटाहरु सार्वजनिक भएका छन् ।

 देश, विदेश घुम्नु , सामाजिक सञ्जालमा फोटो हाल्नु उनीहरुको स्वतन्त्रताको विषय हो । यद्यपि नेपाल हुँदा ब्वाईफ्रेण्डका विषयमा नखुलेका श्रृंखला र साम्राज्ञीले दुई युवासंग खुलेआमा तस्वीर सार्वजनिक गरेका छन् । साम्राज्ञीसंग फोटो खिच्ने युवा देवांश राणा हुन् भने श्रृंखलासंग जमेका जोडी सिसन बानियाँ हुन् । यिनी नेपालका चर्चित ब्लगर पनि हुन् । 

युरोप भ्रमणमा रहेकी श्रृंखला र ईण्डोनेशियाको बाली ट्रीपमा रमाएकी साम्राज्ञीले सयौं फोटो सार्वजनिक गरिन । यिनीहरुको फोटो यस मानेमा पनि चर्चा योग्य भयो कि नेपाली सिनेमा अपवाद छोडेर विदेशमा सुटिङ हुँदैन ।

विदेशमा सुटिङ नभएपछि आम दर्शकका लागि विदेशी भूमि परिचित नहुनु स्वाभाविकै हो । त्यसमाथि सेलिब्रेटीका हरेक गतिविधि चासोयोग्य हुने नै भयो । यो सन्दर्भ यतिमा सीमित छैन, नेपालमा रहँदा मुना मदन, झोला, बीपी कोइरालाको कृति सुम्निमामा जीवन्त अभिनय गरेकी गरिमा पन्तका पनि खुलेका तस्वीर सार्वजनिक भएका छन् ।

 बेल्जियममा रेष्टुरेन्ट व्यवसायीसंग लगनगाँठो कसेर उतै बस्दै आएकी गरिमाले सिनेमामा निभाएको अलग चरित्र र फोटोमा देखिएको आधुनिकतामा आनको तान फरक छ । त्यसैले पनि यो दृश्य आमदर्शकका लागि अनौठो लाग्छ ।

छोटो समयमै नेपाली सिने दुनियाँमा जमेकी दीपिका प्रसाईंले थाइल्याण्ड भ्रमणका फोटो सार्वजनिक गरेकी छन् । निर्देशक दीवाकर भट्टराईसंग विवाह बन्धनमा बाँधिएकी दीपिका हनिमुन मनाउन थाइल्याण्ड गएका हुन् ।

 

नेपाली सेलिब्रेटी