विदेश

सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा हङकङमा प्रदर्शन

सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा हङकङमा प्रदर्शन


काठमाडौँ । सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा हङकङमा प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीहरु संसद भवनभित्र प्रवेश गरेर तोडफोड गरेका छन् । संसदमा प्रवेश गरेका प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ ।


प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास समेत प्रहार गरेको छ । संसद भवनभित्र छिरेका प्रदर्शनकारी हटाउन प्रहरीलाई धेरै समय लागेको थियो । हङकङ चीनलाई हस्तान्तरण गरिएको २२ औं बर्ष प्रवेशको समय पारेर प्रदर्शनकारी संसद भवन छिरेका हुन् ।

 

हङकङ प्रशासनले विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीले त्यसको खारेजीको माग गरेका छन् । हङकङ कि प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने पनि उनीहरुको माग छ ।

 

प्रमुख कार्यकारी लामले हिंसात्मक रूपमा संसद भवनमा तोडफोड भएको भन्दै घटनाप्रति आपत्ति जनाएकी छिन् । सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा केही समयदेखि हङकङमा निरन्तर प्रदर्शन हुँदै आएको छ ।