अर्थ ओटोमोबाइल

रिकन्डिसन व्यवसायीद्वारा मेघा घिमिरेलाई आर्थिक सहयोग

रिकन्डिसन व्यवसायीद्वारा मेघा घिमिरेलाई आर्थिक सहयोग

काठमाडौं : सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरको कारोवार गर्ने व्यवसायीको छाता संगठन नेपाल रिकन्डिसन व्यवसायी संघले राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको छ ।

‘दुई पाङ्ग्रे सवारीसाधनबाट हुने जोखिम न्यूनीकरण तथा यातायात व्यवस्था सुदृढीकरण’ विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी दुवै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई संघले सहयोग रकम हस्तान्तरण गरेको हो ।

संघमा आवद्ध १ सय ४० भन्दा बढी रिकन्डिसन व्यवसायीले अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए । उनीहरुले रिकन्डिसन व्यवसायमा देखिएका समस्याको उचित समाधनका लागि पहल गरिदिन सरोकारवाला निकायका प्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष विएन पाठकले रिकिन्डसन व्यवसाय राज्यको एक महत्वपूर्ण अंग भएर पनि उपेक्षामा पारिएको गुनासो व्यक्त गरे । साथै उनले देशभर रहेका रिकन्डिसन व्यवसायी एक ढिक्का भई संगठित रुपमा आफ्नो आवाज सरोकारवाला निकाय समक्ष राख्नु पर्ने धारणा व्यक्त गरे ।

अन्तरक्रियामा वोल्ने अधिकांश व्यवसायीले हाल यो व्यवसायमा देखिएका समस्या र तिनको उचित समाधानका लागि स्थानीय तह, प्रहरी र यातायात व्यवस्था कार्यालयले खेल्नुपर्ने भूमिकालगायत विविध विषयका बारेमा आ–आफ्नो  जिज्ञाशा व्यक्त गरेका थिए ।

उनीहरूको जिज्ञासा जायज भएको र समाधानका लागि आफूले सक्दो पहल थाल्ने कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिले बताएका थिए ।

संघका अध्यक्ष पाठकले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाण्डौ महानगरपालिका-७ का अध्यक्ष शुद्धकुमार डंगोल र विशेष अथिति यातायात व्यवस्था कार्यालय गुर्जुधाराका शाखा अधिकृत रामचन्द्र दाहाल, प्रहरी नायव उपरीक्षकद्वय राजेन्द्र पोखरेल र प्रदीपकुमार भट्टराई, संघका महासचिव दिनेश महत लगायत स्थानीय निकायका अन्य पदाधिकारी र संघका सल्लाहकार रहेका थिए ।

कार्यक्रमको अन्त्यमा दुवै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई सहयोग स्वरुप ९२ हजार रुयैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

आर्थिक सहयोग
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।