कला साहित्य

वल्लीको डायरी : बदलिदो समाजको चरित्र चित्रण

वल्लीको डायरी : बदलिदो समाजको चरित्र चित्रण
  • अनुश्रुती

पहिलो पटकको भेटमै अंगालोमा बेरियौं । हुन त केहि दिनयता फेसबुकको म्यासेन्जरमा अलिकलि कुराकानी हुँदैछ ।

मृदु मुस्कानका साथ स्वागत गरिन् मलाई पाना क्याफेमा । आस्मा बहिनीको साथमा औपचारिक रुपमा भेट्न गएको पहिलो पटक हो । किनकिन पहिलो भेटजस्तै लागेन उनीसँगको भेट । यद्यपि हामी फेसबुकमा साथी रहेछौँ । तर कुराकानी हुँदैनथ्यो । यूट्यूवमा आस्मा बहिनीले सुनाएको वल्लीको डायरीले उनीसँग भट्ने हुटहुटी पलायो ।

कफी अर्डर गर्यौ । आलु पनि अर्डर गर्यौ । क्याफेमा उनी व्यस्त ग्राहकहरूको आवतजावत बाक्लै थियो । कर्मचारीहरु थिए तर उनी कफी पिउँदापिउदै ग्राहकमा ध्यान पुर्याउँथिन् । कफी पिउँदै मन साटासाट गर्यौं ।

'सबै उस्तै भेटिएछौ है हामी' मैले भने 'त्यसैले त कुरा मिलेछ', एकैछिन खुसी मिसाएर हाँस्यौं ।

आस्मा बहिनीले बाहिरको उज्यालो संसार देख्न सक्दिनन् तर भित्री मनको उज्यालो यती धेरै छ कि उनी स्वयं दिव्य प्रकास हुन् । त्यसैले बोलाउने नाम पनि दिव्या । मलाई उनीसँगको प्रत्येक भेट ऊर्जाशिल लाग्छन् ।

पहिले कार्यक्रममा भेट भएको थियो होला तर यसरी नजिक भएर भेट भएको पहिलो पटक ।

कुरैकुरामा मैले मनिषालाई सोधेँ 'कतै तपाई नैं त होइन वल्ली ?' उनले मसँग आँखा जुधाउदै भनिन् 'होइन सयमा एक प्रतिशत पनि होइन । तर तपाई पहिलो होइन अन्जना जी यस्तो प्रश्न गर्ने । वल्लीहरु हाम्रो समाजमा छ्प्याछ्प्ती भेटिन्छन् ।'

कति दिनदेखि जिज्ञासाले भरिएको मेरो खुल्दुली कति सहज रुपमा पानी प्यास मेटिएझैं मेटिएको । कुराकानीकै क्रममा मैले भनें 'म लमजुङ जानु छ', अलि व्यस्त छु । उनले भनिन् 'म डडेलधुरा जानुछ ।'

आस्मा बहिनीले चाँजोपाँजो मिलाउने र संयोजनको जिम्मा लिने भएपछि हामी उडुवा पंक्षीहरु हिड्यौं आफ्ना गन्तव्यतिर, पछि भेट्ने बाचासहित ।

बाहिर पानी दर्किदै थियो । साँझ पर्दै थियो । मिठो गफलाई विट मारेर छाता खोलेर ओढ्दै बाटोतिर पाइला सार्दै आस्मा र मनिषालाई बाइबाइ गरें ।

को कहाँ गएर कोसंग ठोकिन्छ बुझ्नै गाह्रो । उसो त उनी मुस्ताङमा जन्मिएकी चेली, म लमजुङमा । जन्मको हिसावले छिमेकी जिल्ला भएता पनि आज आएर यसरी भेट हुनु, अनौठो लाग्छ यो जीवन पनि । झन् बुझ्यो झन् झन् कठिन । तर कस्को निधारमा कहाँ गएर टुटिलो उठ्न परेको छ र टुटुले भनेर चिनिनु परेको छ कसलाई के थाहा ?

उसो त मनिषा त्यती चर्चा रुचाउँदिनन् पनि, उनी कर्मशिल भएर बाँच्न रमाउँछिन् । कथाकी गरिव परिवारकी नायिका वल्लीले पनि फिल्ममा जस्तै गरेर अमेरिकाबाट आएको धनी केटालाई अचानक बसमा भेटाएकी थिइन् । चिनाजानीमै  प्रेम बस्यो ।

परिवारको राजीखुसीमा उनीहरुको केहि दिनमा नैं लगन गाँठो धुमधामसंग कसिन्छ, वल्लीको सिउँदो रंगिन्छ । डेढ महिना नेपाल बसेर धन, मन र तन हरेक कुराले तृप्त पारेर आफ्नी आमाको साथमा वल्लीलाई छोडेर नायक अमेरिका फर्कन्छ ।

वल्ली सती सावित्री र असल गृहिणी भएर, सासुको स्याहार गरेर बस्छिन् । घनको घमण्डले माइती र आमालाई समेत गरिव भनेर हेला गर्छिन् । 

ससुरा बितिसकेका रहेछन् र भएको एक्लो छोरा पनि अमेरिका भासिएपछि उनी मात्र साहारा थिइन् सासुको । तिनै सासु पनि पागल जस्ती भएर छतबाट हामफालेर बितेपछि उनी विल्कुल एक्ली हुन्छिन् ।

साथीको संगतमा पर्छिन् तर उनीहरु सबै सहि हुँदैनन् । विदेशीएका पतिहरुका पत्नीहरु कसरी रक्सी, चुरोट र जुवातासमा झमेर सम्पत्ति, घरपरिवार कसरी सखाव पार्छन् भन्ने कुरा देखिन् । अस्मिता भन्ने साथीको मृत्यु पछि उनको आँखा खुल्छ ।

कयौं वर्षसम्म नेपाल नआएको पतिको यादले मनोरोगी जस्ती हुन्छिन् । तर माइतीको राम्रो संस्कारमा हुर्केकी उनले आफ्नो अस्मिता गुमाउदिनन् ।

माइतीको सहयोगले अमेरिका पुग्छिन्, एयरपोर्टमा भेटिएका नेपालीले उनका पतिको बासस्थान खोजिदिन्छन् । जब उनले कयौं वर्षसम्म बेवास्था गर्ने, फोन नम्वर पनि नदिने पति भेट्छिन् । तर जब पतिको चरित्र देख्छिन्, बीक्षिप्त बनेर पतिलाइ छोडेर एक्लै नेपाल फर्किन्छिन् ।

वल्लीले बुझ्छिन् कि उनी प्रयोग भएकी रहिछन्, उस्को आमाको स्याहार गर्ने बलियो नोकरको रुपमा ।

उपन्यासलाई पूर्ण रुपमा महिलावादी भन्न सकिन्छ । तर विषयवस्तुले यसरी छुन्छ कि पुरुष पनि पैसाको लागि आफ्नो शरीर बेच्दैछन् ।

समाज, देशको जुन अवस्था छ, यूवती मात्र होइन यूवा पनि कोही अरबको खाडीमा पसिना बेच्दैछन् । कोहि अमेरिकामा शरीर बेच्दैछन् ।

कहिलेसम्म यूवा बेचिइरहने हँ ? कहिलेसम्म काठको बाकसमा नेपाल फर्कने जनताका छोराछोरी ? कहिलेदेखि जनताका छोराछोरीले आफ्नो देशमा, आफ्नो घरमा, आफ्नो परिवारसँगै रमाउने ? कहिलेसम्म हिंसा र आंतकको अन्त्य हुने ?

वल्लीको डायरी पढ्दापढ्दै मुटु भक्कानियो । आँशु बगे परेलीबाट अनायासै, डायरी भिजाउँदै । मनभरी अनेक प्रश्न उठिरहें ।

वल्लीको डायरीले बदलिदो समाजको चरित्र चित्रण गरेको छ ।  र अनायसै मुखबाट निस्किन्छ अब नेपालमा यस्ता वल्ली र वल्लीका लोग्ने कुन दिन, कुन युगसम्म जन्मने ?

वल्लीको डायरी
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।