भिडियो कभर स्टोरी

पूर्वराजा ज्ञानेन्द्रले किन भेटे डा. सुरेन्द्र केसीलाई (भिडियोसहित)

पूर्वराजा ज्ञानेन्द्रले किन भेटे डा. सुरेन्द्र केसीलाई (भिडियोसहित)


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रा.डा. सुरेन्द्र केसीसँग भेट गरी पछिल्लो राजनीतिक अवस्था लगायतबारे छलफल गरेका छन् । पूर्वराजा शाहले भेटमा चिया खान अफर गरेपनि डा. केसीले भने आफूले नखाएको नेपाल आजलाई जानकारी दिनुभयो ।

पूर्वराजा शाहले डा. केसीसमक्ष राजनीतिक दलहरुले भने बमोजिम आफूले गरेपनि राजसंस्था पतनमा राजपरिवारलाई मात्र दोषारोपण गरिएको गुनासो गरेका थिए । भेटमा राजनीतिक दलका नेताहरुले राजासँग हिजोका दिनमा भेटदा गर्ने गरेको व्यवहार र दिएका बचनबारे पनि छलफल भएको थियो । 


भारतीय गुप्तचर विभाग रअका प्रमुख सामन्त गोयलले नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएलगत्तै पूर्वराजा शाहले गरेको भेटघाटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा पूर्वराजा शाहले भेटमा पहिलो प्रश्नमा डा.साब तपाईँ त वामपन्थी पृष्ठभूमिको व्यक्ति होइन भनेर सोधेका थिए ।

त्यसपछि राजाहरुले सोचेको भन्दा भिन्न प्रस्तुती आफूले दिएको डा. केसीले बताए । आखिर के के कुराकानी भएका थिए त ? हेर्नुहोस् भिडियो