समाचार

मकवानपुरमा बाढी, भारतीय गाडी बगायो

मकवानपुरमा बाढी, भारतीय गाडी बगायो


हेटौँडा । मकवानपुरमा गएरातिदेखिको भीषण वर्षापछि कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको छ । शिवम् सिमेन्टको कच्चा पदार्थ पुर्‍याएर फर्कने क्रममा गाडी खोलाले बगाएको हो । गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए ।


भीषण वर्षाले मकवानपुरका कतिपय बाटोहरु पनि अवरुद्ध गरेको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौंडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौंडा आवतजावत बन्द भएको छ ।