समाचार प्रदेश ७

वैतडीमा जीप दुर्घटना, एकको मृत्यु, दुई घाइते

वैतडीमा जीप दुर्घटना, एकको मृत्यु, दुई घाइते


वैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको महाकाली नगरपालिका ९ दत्तूका ईश्वर नागारी छन् । दुर्घटनामा अन्य दुई जना घाईते भएका छन् ।

दत्तूकै हिक्मत साउद र पुष्कर नागारि घाईते भएका हुन् ।  घाईते मध्ये पुष्कर नागरिको अवस्था गम्भीर रहेको छ । 
दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको गरेको ग १ ज ५२२४ नम्बरको बोलेरो जिप  बैतडीको पाटन नगरपालिका ८ स्थित आरुबाट भीरमा खसेको प्रहरीले जनाएको छ ।