अर्थ

मौद्रिक नीति सार्वजनिक : छैन फोर्स मर्जर

मौद्रिक नीति सार्वजनिक : छैन फोर्स मर्जर


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो ।

मौद्रिक नीतिले मर्जरमा प्रोत्साहनमूलक नीति मात्र लिएको छ । अनिवार्य (फोर्स) मर्जरको प्रावधान राखिएको छैन । तर मर्जर तथा एक्विजिसनमा जान चाहने बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका सहुलियत दिइने भएको छ ।

लघुवित्त कम्पनीहरुलाई समेत फोर्स मर्जर नगरिने भएको छ । मर्जमा जान चाहने लघुवित्तहरुलाई पनि सहुलियतका प्याकेज घोषणा गरिएको छ ।