समाचार प्रदेश ४

वागलुङमा पहिरोले एकको ज्यान लियो

वागलुङमा पहिरोले एकको ज्यान लियो


वागलुङ । अविरल वर्षासँगै खसेको पहिरोले वागलुङको गलकोट नगरपालिका–८ ज्यामिरेमा एक जनाको ज्यान लिएको छ । ज्यामिरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको छ । आज विहान गोठ माथिबाट खसेको पहिरोमा परी पुरिएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशवसिंह थापाले जानकारी दिनुभयो ।

गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट एक्कासि पहिरो खसेको थियो । पहिरोले गोठ पूर्णरूपमा क्षतिग्रस्त बनेको जनाइएको छ । पहिरोमा एउटा लैनो भैँसी, एउटा पाडो र दुई बाख्रासमेत पुरिएका छन् ।

स्थानीयवासीले एक घण्टापछि गौतमको शव पहिरोबाट बाहिर निकालेका थिए ।