खेल

यी हुन्, विश्वकप क्रिकेटमा कम बलमा शतक बनाउने क्रिकेटर

यी हुन्, विश्वकप क्रिकेटमा कम बलमा शतक बनाउने क्रिकेटर

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सबैभन्दा कम बलमा शतक बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा कोे छन्? यो प्रश्नको जवाफ हो– आयरल्यान्डका केभिन ओब्राइन । उनले सन् २०११ को विश्वकपमा इंग्ल्याण्ड विरुद्धको खेलमा कम बलमा शतक बनाएका थिए । छैठौं नम्बरमा ब्याटिङ गर्न आएका ओब्राइनले केवल ५० बलमा शतक पूरा गरेका थिए।

 

रन आउट भएर पेभेलियन फर्किनुअघि उनले केवल ६३ बलको सामना गरी ६ छक्का र १३ चौकाको मद्दतले एक सय १३ रन बनाएका थिए। उक्त खेलमा आयरल्यान्ड तीन विकेटले विजयी भएको थियो। सबैभन्दा कम बलमा शतक प्रहार गर्ने खेलाडीको सूचीमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल दोस्रो नम्बरमा छन्। सन् २०१५ को विश्वकपमा म्याक्सवेलले श्रीलंकाविरुद्ध ५१ बलमा शतक पूरा गरेका थिए।

विश्वकप क्रिकेट केभिन ओब्राइन