विचार

पढाइको लागि म,कि जागिरको लागि म ?

करिष्मा ढकाल

पढाइको लागि म,कि जागिरको लागि म ?

अहो ! कति थकाई लागेको। पल्टिएँ बिस्तारामा। मलाई भारी बोकेर थकाई लागेको थिएन, माइल यात्रा गरेर थकाई लागेको थिएन।लागेको थियो त तनाबको भारीले थिचेर। म विश्राम चाहन्थें त मस्तिष्क बिछोडिन चाहन्थ्यो तनाबसँग( जिन्दगीभरीको लागि। जिन्दगीले विस्तारै धकाल्दै लेरायो। म हिडेकी थिइन्, अझैं‌ भनौं केही समय विश्राम चाहन्थें। तर समयले विश्राम गर्न दिएन। जताइहाल्यो हैकम जिन्दगीमा। आदेश दिन थाल्यो अनेकन। म उठ् भने उठ् र बस् भने बस् गर्न बाध्य जो थिएँ। सोच्छु, के बुझेर समय मलाई दौडाउन चाहन्छरु के देखेर विश्राम गर्न दिदैन रु के देखेर मेरो सुस्त गतिलाई तिव्र बनाउन चाहन्छरु यस्तै अनेकन प्रश्नहरु उब्जिए मनमा।

जवाफको प्रतिक्षामा दिनहरु बित्दै गए तर जवाफको नाममा हरेक सेकेन्ड सेकेन्डमा टिक टिक गर्दै हिडेका घडीका सुईहरुको गति बाहेक अरु भेटिएन।
एउटा मध्यमस्तरको परिवारमा हुर्किएका केटाकेटीले त्यति ठूलो सपना नै कहाँ बुनेका हुन्छन् र आफ्नै स्तरको सपना बुनेपनि ‘औकात’ भन्ने शब्द आएर बसिदिन्छ मस्तिष्कमा अनि गिज्याउन थाल्छ , बल्ल खाइस् भन्दै। मेरा बा गरिब भएकै कारण मेरो औकात भएन, उसका बा धनी भएकै कारण उसको औकात आकाशियो, चुलियो । सरकारी स्कुलबाट दुई सम्मको अध्ययन गरेर शहर छिरेकी एउटी केटीलाई पैसा कमाउने अनि आफ्नो लागि खर्च पुर्याउने रहर थियो। काठमाडौं आएँ, बस्नलाई कुनै पिर नै थिएन, दाइ दिदी सँगै बसें ।

दुई चार महिना कलेज गएपछि जागिरको अवसर आयो। पैसा भनेपछि महादेवका त तीन नेत्र खुल्छन् भन्छन् म त मानव जो परें। जागिरको पहिलो दिनमा उमेर सोधिन्छ, जवाफमा १८ सुनेपछि हाकिमको निधार खुम्चिन्छ। १८ बर्षको केटीले यो काम गर्न सक्लिन शंका उब्जियो होला उसको मनमा। तैपनि काम गर्न अयोग्य भने ठहरिन। बिहानको कलेज दिउँसोको काम। सजिलो कहाँ छ ररु हतार हतार कलेजबाट आएर चार गाँस टिपेर चिसै हात लिगी जागिर तर्फ दौडनलाई। काममा भएको दिनभरीको तनाब , घर आएर मस्तिष्कमा मडारिन्छन्। भात खाइन्छ तर तनाब अड्किन्छ घाँटीमा अनि ओकाल्न बाध्य हुनुपर्छ सिरानीमा, सिरानी लिछिप्पै हुने गरी।

हरदिन बाथरुम छिरेर भक्कानिनुको विकल्प थिएन मसँग। कहिल्यै घर छोडेर नहिडेंकी मलाई महिनौंसम्म घर जान नपाउँदा रुन मन लाग्थ्यो। दिदीको दिउँसोको पढाईको कारण दिदीले काम गर्नुहुन्थेन। दिदी बिदामा घर जान पनि पाउनुहुन्थ्यो। दिदी घर जानुहुँदा मेरो मन भक्कानिएर आउँथ्यो। मैले आमासँग भेट्न पाइन भन्ने लाग्थ्यो। रुन्थें, एकछिनमा शान्त हुन्थे। यसरी नै बढ्दै गयो दिनहरु। एक बर्ष पछि घर जाने मौका मिल्दा मन चङ्गाजस्तै उड्न थाल्थ्यो अनि म नाँच्न थाल्थें। महिनौं पछि अधरहरु मुस्काउन थाले, गोडा घुम्न थाल्यो। अहो उमङ्ग छाएको । 

साथीहरुले कलेज बिदामा घुम्न जाने योजना बुन्दा मुन्टो बटार्नुको बिकल्प थिएन। हाँस्ने , खेल्ने , रमाउने उमेरमा बन्दी भएजस्तो महशुश हुनु त स्वभाविक नै थियो। ओए आज दिउँसो यसो गरुम् न त भनेर कसैले भन्दा काममा जानु छ, आज घुम्न जाम भन्दा काममा जानु छ। मेरो जवाफ साझा थियो उनीहरुको प्रश्न मात्र फरक हुन्थे। मासिक तलबबाट कलेज , कोठाभाडा , खाजा खर्च कटाएर बचेको अलिअलि पैसाले सन्तुष्टि त दिन्छ नै तर जागिरबाट बचेको समय पढाइमा खर्चिनु पर्दा चाहिं मैले जागिर होइन पढाइ खाइरहेकी छु भन्ने मानसिकता आउँदो रहेछ। जागिरलाई “जा, गिर् “भन्दा पनि फरक नपर्ला जस्तो लाग्छ कहिलेकाहीँ। बिहान सुर्योदय नहुँदै कलेज दौडियो, बेलुका सुर्योदय भएपछि कामबाट फर्कनेले सूर्यको दर्शन गर्ने त शनिबार मात्र हो। तलब आएको दिन सम्झदा पढाइ सम्झन मन लाग्दैन अनि नतिजा प्रकाशन भएको दिन जागिर सम्झन मन लाग्दैन। जागिर छोडौं पढाइ छोड्नुपर्छ, पढाइ छोडौं जागिर छोड्नुपर्छ।

यो एउटाको समस्या होइन धेरैको समस्या हो।‌ धेरै पढ्छु, राम्रो नम्बर ल्याउँछु , राम्रो जागिर खान्छु भन्ने सपना नदेख्ने बिरलै भेटिन्छन्। तर पढ्नेबेलामा धेरै काम गर्छु , धेरै पैसा कमाउँछु भन्ने मानसिकता आएर बसिदिन्छ अनि निशब्द भइन्छ।‌ सोच्छु, म जागिर खान्छु, जागिरले पढाइ खान्छ, पढाइले मलाई खान्छ अनि‌ म निर्जिब भएर ढलीरहन्छु जिन्दगीको‌ किनारामा। कठै र बराबाट आजित भएर कान थुनेर पिडा लुकाउँदै हिड्नेहरुलाई जिन्दगीले नै च्व च्व गर्न थाल्छ। ओए भन्दा होइ भन्ने साथीहरु ‌हुँदाहुँदै पनि समय अभाबको कारण एक्लो भइन्छ बिल्कुल कागको बथानमा एक्लो बकुल्लो जस्तै।

अहो फलानो ठाउँमा यति कर्मचारी मागेछ। जानुस् परीक्षा दिन, जानुस् अन्तर्वाता दिन हातमा शैक्षिक प्रमाणपत्र बोकेर। जागिर खोज्दै हिड्दा शैक्षिक प्रमाणपत्र देखाउँदै हिड्नुपर्ने अनि कलेज, किताव कापी खोज्दै जाँदा बैंकको एटिएम एकातिरबाट चिहाउँछ, अर्कोतिरबाट रित्तो खल्तीले गिज्याउँँछ। जागिरको लागि पढाइ जति महत्वपूर्ण मानिन्छ त्यो भन्दा बढी पढाइको लागि जागिर महत्वपूर्ण मानिन्छ।

फलानीले त कमाउँछे, फलानोले त कमाउँछ भन्नेहरु हुन्छन् तर त्यही अलिकति कमाउनको लागि उसले कति अक्षरहरुलाई अन्याय गरेकी छेरछ भन्ने सोच्न भुलिदिन्छ। एकतर्फी सोच, एकतर्फी दृष्टिकोण अनि एकतर्फी मूल्याङ्कनले परीक्षामा नम्वर थोरै आएको देख्छ तर किन नम्बर थोरै आयो देख्दैन। तलब आएको दिनको नोटहरु देख्छ तर दैनिक भोग्नुपरेको पिडा देख्दैन। तपाईंलाई के लाग्छ, तपाईं पढ्नलाई जागिर खाँदै हुनुहुन्छ कि जागिर खान पढ्दै हुनुहुन्छरु घोत्लियो , सोच्यो, बहकियो, मु्ुर्मुरियो , भक्नियो नतिजा भनौं या सारांश त पढाइको लागि म कि जागिरको लागि म मात्र भेट्छु। न त पढाइले जागिरलाई पूर्ण गरिदिन्छ न त जागिरले पढाइलाई । अबदेखि जागिरका लागि म कि पढाइका लागि म भन्ने प्रश्नको जवाफ खोज्दा उचित हुन्छ जस्तो छ। जे भएपनि म बिना केही सम्भव छैन।

एउटाको समस्या होइन धेरैको समस्या हो।‌ धेरै पढ्छु, राम्रो नम्बर ल्याउँछु , राम्रो जागिर खान्छु भन्ने सपना नदेख्ने बिरलै भेटिन्छन्। तर पढ्नेबेलामा धेरै काम गर्छु , धेरै पैसा कमाउँछु भन्ने मानसिकता आएर बसिदिन्छ अनि निशब्द भइन्छ।‌ सोच्छु, म जागिर खान्छु, जागिरले पढाइ खान्छ, पढाइले मलाई खान्छ अनि‌ म निर्जिब भएर ढलीरहन्छु जिन्दगीको‌ किनारामा। कठै र बराबाट आजित भएर कान थुनेर पिडा लुकाउँदै हिड्नेहरुलाई जिन्दगीले नै च्व च्व गर्न थाल्छ। ओए भन्दा होइ भन्ने साथीहरु ‌हुँदाहुँदै पनि समय अभाबको कारण एक्लो भइन्छ बिल्कुल कागको बथानमा एक्लो बकुल्लो जस्तै।

पटकपटक बन्द कोठाभित्र आफूलाई थुनेर सुनसान कोठालाई सुक्क-सुक्क आवाजले गुन्जायमान बनाइन्छ , कहिले ‌पढाइको कारणले त कहिले जागिरको कारणले।’मनको बह, कसैलाई नकह’ भन्छन् भन्दै ढोका बन्द गरेर एक्लै भुतभुतायो, रिसायो। कहिलेकाहीँ सोच्छु, जिन्दगीमा धेरै गुमाइसकियो, बचपन गुम्यो, स्वतन्त्रता गुम्यो, चकचकेपन गुम्यो कतै मैले मलाई त गुमाउन्नरु कहिले जागिरलाई सुम्पिदिन्छु त कहिले पढाइलाई सुम्पिदिन्छु ‘मलाई’। म भित्रको म गुम्छ कि भन्ने डरले पिरोल्छ।

सबैतिर समेट्न खोजियो भने न यता , न उताको भइन्छ। दुध नि मै खान्छु, मासु पनि मै खान्छु भन्दा अपाच्य भएर वान्ता भएजस्तो भयो जिन्दगी, ‘पढाइ पनि जागिर पनि ‘अनि कहाँ धान्न सक्छ मस्तिष्कलेरु दुई‌ढुङ्गाबीचको तरुलजस्तै, जिन्दगीको माझधारमा ल्याएर छोडिदियो पढाइ र जागिरले। म निरिह भएर हेरिरहेछु अनि सोचिरहेछु,” पढाइको लागि म कि जागिरको लागि मरु

करिश्मा ढकाल